९ श्रावण २०८३, शनिबार

अन्तर्राष्ट्रिय बजार प्रवेशको तयारीमा बीवाईडी टी ७, बैंकक मोटर एक्स्पोबाट गर्‍यो विश्वव्यापी डेब्यु



काठमाडौं । बीवाईडी टी ७ प्लग–इन हाइब्रिड परिवार–उन्मुख एसयुभी थाइल्याण्डमा बैंकक मोटर एक्सपो २०२५ मा ब्रान्डको नयाँ विश्वव्यापी मोडेलको रूपमा डेब्यू भएको छ।

बीवाईडी टी ७ ले बैंकक मोटर एक्स्पो २०२५ मा डीएम ५.० पावरट्रेन र ४ डब्लुडी सहितको ‘अर्बन एसयुभी’ को रूपमा डेब्यु गरेको हो। चिनियाँ घरेलु बजारको लागि निर्माण गरिएको यो डिस्प्ले कार पछि कम्पनीद्वारा थाइल्याण्डमा निर्यात गरिएको थियो।

बीवाईडी टी ७ चीनियाँ बजारमा फाङ चेङ बाओ टी ७ (ताइ ७÷टाइटानियम ७) नामले प्रवेश गरेको थियो। चीनमा सार्वजनिक भएको केहि समयमै यो मोडल अत्यन्तै रुचाइएको थियो । १,७९,८०० देखि २,१९,८०० युआन (२५,४१०देखि ३१,०६० अमेरिकी डलर) मूल्यमा उपलब्ध यो मोडेलले ८० दिनमै ५०,००० भन्दा बढी युनिट बिक्री गर्‍यो।

चाइना ईभी डाटा ट्र्याकरका अनुसार, टी ७ ले यस वर्ष सेप्टेम्बर देखि अक्टोबरको बीचमा २८,१५२ युनिट र नोभेम्बरमा मात्र यसले घरेलु बजारमा २१,८५० भन्दा बढी युनिट बिक्री गरेको छ।

यो सँगै अब बीवाईडीले यो मोडेललाई विदेशी बजारमा प्रस्तुत गर्दै यसको सफलतालाई थप मजबुत बनाउने लक्ष्य राखेको छ। अन्तराष्ट्रिय बजारमा पनि यस एयुभीले सफलता दोहो¥याउने बीवाईडीको अपेक्षा छ ।

आधुनिक डिजाइन, प्रिमियम इन्टेरियर र शक्तिशाली हाइब्रिड फिचर

बीवाईडी टी ७ ले आधुनिक ‘लोड–बेयरिङ’ संरचना र नयाँ डिजाइन शैली अपनाएको छ । यसमा समतल छाना र चौडा पाङ्ग्रा आर्चहरू सहितको बक्सी आकार छ। कारको अगाडिको भागमा म्याट्रिक्स एलईडी हेडलाइटहरू छन्। पछाडिबाट, यसमा भण्डारण डिब्बा सहितको स्विङ–आउट टेललाइट ढोका छ।

टी ७ का अन्य मुख्य विशेषताहरूमा परम्परागत ढोका ह्यान्डलहरू, २०–इन्च कालो रिमहरू, लिडार सेन्सर र ठूला बम्परहरू समावेश छन्। यसको आयामहरू ४९९९/१९९५/१८६५ मिमी छन्।

इन्टेरियरः यसको भित्रि संरचनाको कुरा गर्दा टी ७ कारको इन्टेरियर सेतो रंगमा आधारित छ भने यसमा सात वटा डिस्प्ले छन्। जसमा १५.६–इन्च सेंट्रल कन्ट्रोल स्क्रीन, १२.३–इन्च इन्स्ट्रुमेन्ट प्यानल, २६–इन्च डब्लु–हुड, दुईवटा एसी कन्ट्रोल स्क्रीन र पछाडिका यात्रुका लागि दुईवटा १३–इन्च बीवाईडी प्याड छन् ।

यसमा ठूलो प्यानोरामिक ग्लास रूफ, २० स्पिकर, र एम्बियन्ट लाइटिङ छन्। यो गाडी ५ सिटको सेटअपमा मात्र उपलब्ध छ।
प्रदर्शित मोडेल डुअल–मोटर ४ डब्लसडी भएको टप–ट्रिम कार हो। यसमा १.५–लिटर टर्बोचाज्र्ड पेट्रोल इन्जिन (११५ किलोवाट /१५४ एचपी) र दुई इलेक्ट्रिक मोटर (३६० किलोवाट- ४८३ एचपी) छन्। यसको अर्को प्रमुख विशेषता भनेको ३५.६ किलोाट/आवर एलएफपी ब्याट्री प्याक हो, जसले १९० किलोमिटर सीएलटीसी दायरा दिन्छ। यो मोडेल ४.५ सेकेन्डमा ०–१०० किलोमिटर/घण्टाको गति दिन्छ ।

बीवाईडी टी ७ को अन्तर्राष्ट्रिय बजारमा कहिले सार्वजनिक हुन्छ भन्ने अझै घोषणा गरीएको छैन। तर थाइल्यान्डमा भएको यसको डेब्युले यसलाई आगामी वर्षमै चीनबाहिर आधिकारिक रूपमा ल्याइने सम्भावना देखिन्छ।


प्रतिक्रिया दिनुहोस्