लघुवित्तको कर्जा सीमा दोब्बर, अब १५ लाखसम्म ऋण पाइने - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

लघुवित्तको कर्जा सीमा दोब्बर, अब १५ लाखसम्म ऋण पाइने



काठमाडौं । लघुवित्तहरुले धितोमा प्रवाह गर्ने कर्जाको सीमा वृद्धि दोब्बर भएको छ । अब लघुवित्तहरुले १५ लाखसम्म ऋण लगानी गर्न पाउने भएका छन् ।

राष्ट्र बैंकले सोमबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीति प्रथम त्रैमासिक समीक्षामार्फत यस्तो सुविधा भएको हो ।

हाल लघुवित्तले धितोमा अधिकतम ७ लाख रुपैयाँ कर्जा प्रवाह गर्न पाउने व्यवस्था थियो । तर, केन्द्रीय बैंकले यस्तो सीमा बढाएर अधिकतम १५ लाख रुपैयाँ पुर्याएको छ ।

यस्तै, लघुवित्तबाट ऋण प्राप्त गरेका ऋणीहरुको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखी कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था मिलाइने केन्द्रिय बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्