नबिल बैंकले घोषणा गर्‍यो १२.५० प्रतिशत नगद लाभांश - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नबिल बैंकले घोषणा गर्‍यो १२.५० प्रतिशत नगद लाभांश



काठमाडौँ । नबिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको शुक्रवार बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयर धनीहरूलाई हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।

बैंकले आफ्ना सेयर धनीहरूलाई प्रतिकित्ता १२.५० रुपैयाँ (करसहित) वितरण गर्ने भएको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी सेयर धनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्