पोखरा विमानस्थलमा अनियमितता : पूर्वमन्त्रीदेखि पूर्वसचिवसहित ५५ जना माथि मुद्दा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

पोखरा विमानस्थलमा अनियमितता : पूर्वमन्त्रीदेखि पूर्वसचिवसहित ५५ जना माथि मुद्दा



काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

एक चिनियाँ ठेकेदार कम्पनी ‘चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी’ समेत विपक्षीको सूचीमा परेको छ । अख्तियारले ८ अर्ब ३६ करोड रुपैयाँ बिगो दाबी गर्दै अदालतमा मुद्दा दर्ता गरेको विशेष अदालतले जनाएको छ ।

प्रतिवादीमा दिवंगत पोस्टबहादुर बोगटीकी पत्नी राममाया बोगटी, रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ र भीम आचार्यलगायतका पूर्वमन्त्री छन् ।

त्यस्तै, नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई पनि आरोप लगाइएको छ ।

विमानस्थल अध्ययन कार्यदलका तत्कालीन संयोजक तथा सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार रामकृष्ण तिमल्सेना, सुरेशमान श्रेष्ठ, मधुकुमार मरासिनीसहित १० पूर्वसचिव समेत प्रतिवादी सूचिमा परेका छन् ।


प्रतिक्रिया दिनुहोस्