‘विराट ट्रेड एक्स्पो २०२५’ पुस ९ गतेदेखि आयोजना हुँदै - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

‘विराट ट्रेड एक्स्पो २०२५’ पुस ९ गतेदेखि आयोजना हुँदै



काठमाडाैं । मोरङ उद्योग व्यापार संघले पुस ९ देखि १९ गतेसम्म ‘विराट ट्रेड एक्स्पो २०२५’आयोजना गर्ने भएको छ।

जेन्जी आन्दोलनपछि उत्पन्न भएको विद्यमान शिथिल तथा अनिश्चित आर्थिक गतिविधिलाई चलायमान बनाउन एक्सपाेले महात्वपूर्ण भुमिका खेल्ने बताइएकाे छ ।

साथै स्वदेशी उद्योग÷व्यवसायको प्रवद्र्धन, नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान गरिएका यस प्रदेशका अधिकांश वस्तुहरु सहित अन्तर प्रादेशिक उत्पादन र सेवाहरुको राष्ट्रिय÷अन्तर्राष्ट्रिय बजार विस्तार, स्वदेशी एवं विदेशी लगानीकर्ताहरु बीच व्यवसायीक सम्बन्ध र सहकार्य स्थापना, यस प्रदेशका पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार लगायत कैयौँ प्रवर्द्धनात्मक कार्यहरु गराउने प्रमुख उद्देश्य सहित यस औद्योगिक÷ व्यवसायिक क्षेत्रको विकास एवं प्रवर्द्धनार्थ विशेष सहयोग पु¥याउने अभिप्रायले यस संघले यस वर्ष पनि सो एक्स्पो संचालन गर्न लागेको जनाएको छ।

यस वर्षको एक्स्पोले नयाँ र विद्यमान उत्पादन र सेवाहरु प्रदर्शन गर्न, स्वदेशी र विदेशी उत्पादनहरु प्रदर्शन गर्न, बिक्री गर्न र व्यापार र लगानीको सम्भावनाहरु बारे छलफल गर्ने उत्कृष्ट थलो हुनुका साथै उत्पादक तथा वितरकहरुलाई आफ्ना उत्पादन र सेवाहरुको प्रदर्शनी एवं देश र विदेशमा आफ्नो बजार विस्तार र विविधीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।

मोरङ–सुनसरी आर्थिक करिडोरको प्रवर्द्धन, विकास, वृद्धि र अर्थतन्त्रलाई पुनः प्राप्ति गर्ने मुख्य उद्देश्यले आयोजना गरिने यस पटकको मेलामा जर्मन प्रविधिको ह्याङगर, अक्टानम सहितको करिब २३० स्टल मार्फत नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त यस प्रदेशका महत्व झल्किने कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिजन्य तथा औद्योगिक उत्पादनहरुको प्रदर्शनीका अलावा छिमेकी राष्ट्र भारत लगायत बंगलादेश, पाकिस्तान आदि देशका उत्पादित वस्तुहरुको उत्पादनकर्ता र उपभोक्ता बीच सुमधुर सम्बन्ध कायम गराइने छ ।

एक्स्पोमा स्टार्टअप, साना तथा मध्यम उद्यम, पर्यटन, सूचना प्रविधि, कर तथा लेखा, र महिला उद्यमशीलता सम्बन्धी विभिन्न छलफल तथा गोष्ठीमार्फत सहभागीहरूलाई उपयोगी ज्ञान, सीप र अवसर प्रदान गरिनेछ । नयाँ उद्यमीका लागि स्टार्टअप सञ्चालन गर्ने अवसर, साना तथा मध्यम उद्यमका लागि व्यवसाय विस्तारका उपाय, पर्यटन प्रवद्र्धनका रणनीति, आ.ई. सम्बन्धी डिजिटल ज्ञान तथा साइबर सुरक्षा, कर–लेखा सम्बन्धी नयाँ प्रणाली तथा महिलालाई उद्यमशीलतामा प्रोत्साहन दिने कार्यक्रमहरू समावेश हुनेछन्। । यस एक्पोमा मुख्य प्रायोजकको रुपमा रमपम तैयारी चाउचाउ र मारुती सिमेन्ट संयुक्त रुपमा रहने छ ।

साथै, एक्स्पोमा दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय व्याण्ड (कुमा सागर, रकहेड्स, इलिमेन्टस, कुटुम्व, स्वप्न सुमन, उज्जेन शाक्य) आदिहरु बाट साँस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु, सेल्फी जोन, किड्स जोन, फिस तथा जलपरी टनेल आदि राख्नुका साथै मुख्य आकर्षणको रुपमा नेपाली कलाकृतिमा आधारित प्रवेशद्वार निर्माण गरिने छ भने यस मेलामा स्वदेश र छिमेकी मुलुकबाट करिब दुई लाख दर्शकको आगमन हुने अपेक्षा लिएका छौँ । यो एक्पोले कोशी पर्यटन वर्ष २०८२ लाई समेत प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।

यस पटकको एक्स्पो पनि संघीय सरकार, कोशी प्रदेश सरकार, विराटनगर महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौँ, नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश, नेपाल उद्योग परिसंघ, कोशी प्रदेश, उद्योग संगठन मोरङ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङ, विराट व्यापार संघ, मोरङ अटोमोवाइल डिलर्स एशोसिएशन, मोरङ इलेक्ट्रीक संघ लगायत विभिन्न स्थानीय व्यवसायिक संघ÷संस्थाहरु लगायतका निकायहरुको समन्वय तथा सहयोगमा संचालन हुन लागेको हो ।

मुलुकको आर्थिक मेरुदण्डीय उद्योग÷व्यवसायको हक, हित, संरक्षण एवं यस क्षेत्रको आर्थिक गतिविधिको विकास एवं प्रवद्र्धनका लागि निरन्तर प्रयासरत रहँदै आएको यस संघले यस प्रदेशका स्वदेशी उत्पादनहरु सहित कृषि, पर्यटन, ऊर्जा लगायत अन्य सम्भावित क्षेत्रहरुको प्रवद्र्धन एवं विकासमा जोड दिनुका साथै यस क्षेत्रका आर्थिक गतिविधिहरुलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा झल्काउँदै गतिशील एवं प्रभावशाली बनाउने उद्देश्य लिई समय समयमा यस ऐतिहासिक औद्योगिक नगरी विराटनगरमा मेला, महोत्सव, प्रदर्शनी आदि आयोजना गर्दै आएको छ।

यस आर्थिक क्षेत्रको गतिविधिहरुको सम्वद्र्धन एवं विकासका लागि यस संघले विगतमा कोशी महोत्सव २०५३, पूर्वाञ्चल औद्योगिक व्यापार मेला २०५७, विराट महोत्सव २०६२, विराट महोत्सव २०७०, विराट ट्रेड एक्स्पो २०१८ (२०७५), विराट ट्रेड एक्स्पो २०२२ (२०७८), मोरंग व्यापार संघ एक्स्पो २०२३ आदि भव्यताका साथ आयोजना गरी उदाहरणीय रुपले सफलता हासिल गरेको र यस क्षेत्रको उद्योग, व्यवसाय, कृषि, पर्यटन तथा सेवा क्षेत्रहरुको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याएको छ


प्रतिक्रिया दिनुहोस्