डेपुटी गभर्नर मिश्र भन्छन्,‘बैंकको लागि सबैभन्दा सुरक्षित लगानी सेयर बजार’
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुरले बैंकको सबैभन्दा सुरक्षित लगानी सेयर बजार भएको बताए ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आयोजना गरेको पुँजी बजार साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रममा डेपुटी गभर्नरले यस्तो बताएका हुन् ।
मिश्रले लगानीको वातावरण र यसमा आवश्यक जानकारीको महत्वलाई जोड दिएका छन् ।

उनले लगानी गर्नुअघि बजारको स्थिरता र लगानीका विकल्पहरूको बारेमा पर्याप्त हुनुपर्नेमा जोड दिए । यसले लगानीकर्तालाई बजारको उतारचढावमा बुद्धिमानीका साथ निर्णय गर्न मद्दत पुर्याउने मिश्रको भनाई छ । उनले भने,‘बैंकहरुका लागि सबैभन्दा सुरक्षित लगानी सेयर बजार नै हो । सेयर बजारलाई दीर्घकालिक दृष्टिकोणबाट हेर्नुपर्छ ।’
उनले फन्डामेन्टल हेरेर लगानी गनुपर्नेमा जोड दिए । मिश्रले उदाहरण दिँदै भने,‘ट्रम राष्ट्रपति भएपछि अमेरिकामा टेस्ला कम्पनीको सेयर मूल्य तीन महिनापछि बढेको थियो । बजारका फण्डामेन्टलहरूलाई हेरेर मात्र लगानी गर्नु पर्छ ।’













