९ श्रावण २०८३, शनिबार

विकासको नाफा : गरिमा, मुक्तिनाथ र शाइन रेसुङगा बने टपर, ९ वटा अझै घाटामा, कसको नाफा–घाटा कति ?



काठमाडौं । चार महिनामा विकास बैंकहरुले १ अर्ब बढी नाफा कमाएका छन् । तर, अधिकांश विकास बैंकहरु नोक्सानीमा देखिएका छन् ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०८२–८३ को कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा १७ विकास बैंकले १ अर्ब ४ करोड ६० लाख नाफा कमाएका छन् । यी मध्ये वटा नोक्सानीमा छन् । ८ वटाको मात्रै नाफा धनात्मक छ ।

राष्ट्र बैंकका अनुसार सर्वाधिक नाफा कमाउनेको पहिलो सूचीमा गरिमा विकास छ । बैंकले चार महिनामा ३९ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

दोस्रो सूचीमा रहेको मुक्तिनाथ विकास बैंकले पनि ३८ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । तेस्र्रो स्थानमा रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पनि ३० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको देखिन्छ ।

राष्ट्र बैंकका अनुसार समिक्षा अवधिमा कामना सेवा विकासले २७ करोड ७७ लाख, सांग्रिला डेभलपमेन्टले १४ करोड ८५ लाख, ज्योति विकासले १३ करोड ९६ लाख, महालक्ष्मी विकासले ८ करोड ४४ लाख र मितेरी डेभलपमेन्टले ३ करोड ५० लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ ।

तर, लुम्बिनी विकाससहित ९ वटा बैंक भने घाटामा छन् । समिक्षा अवधिमा सबैभन्दा ठुलो घाटा लुम्बिनी विकासले ३६ करोड ४६ लाख रुपैयाँ व्यहोरेको छ । यता, एक्सेल डेभलपमेन्टले १८ करोड ६९ लाख घाटा व्याहोरेको छ ।

राष्ट्र बैंकका अनुसार सिन्धु विकासले ४ करोड ४७ लाख, कर्णाली डेभलपमेन्टले ३ करोड २९ लाख, नारायणी डेभलपमेन्टले २ करोड ९८ लाख, ग्रीन डेभलपमेन्टले २ करोड १८ लाख, कर्पोरेट डेभलपमेन्टले २ करोड १२ लाख, साल्पा विकासले १ करोड ४१ लाख र सप्तकोशी डेभलपमेन्टले ७६ लाख रुपैयाँ नोक्सानी व्यहोरेका छन् ।


प्रतिक्रिया दिनुहोस्