कामना सेवा विकास बैंकको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । कामना सेवा विकास बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
बैंकको १० प्रतिशत बापतको बोनस सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । बैंकले ३५ लाख १० हजार ८४६.२० कित्ता बोनस सेयर सूचीकृत गराएको छ ।
अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।













