७ श्रावण २०८३, बिहिबार

प्रभु बैंकका सीईओ शेरचनसहित तीन जनामाथि ३ दिन म्याद थप



काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनामाथि थप तीन दिनको अनुसन्धान म्याद थपिएको छ ।

उच्च अदालत पाटनले शेरचन, डेपुटी सीईओ मणिराज पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठको अनुसन्धानका लागि म्याद थप गरेको हो । सिइओ शेरचन, डेपुटी सीइओ पोखरेल र श्रेष्ठलाई गत मंसिर १४ गते पक्राउ गरिएको थियो । यसअघि ५ दिनको म्याद थप गरिएको थियो ।

यस्तै, गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यलाई पनि तीन दिनको अनुसन्धान म्याद थप गरिएको छ । उनी १७ गते पक्राउ परेका थिए ।

पूर्वप्रभु बैंक अध्यक्ष देवीप्रकाश भट्टचनमाथि कर्जा अपचलनको मुद्दामा अनुसन्धान चलिरहेको छ । कुसुम लामाले दिएको जाहेरीको आधारमा उनलाई कात्तिक ११ गते पक्राउ गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्