९ श्रावण २०८३, शनिबार

पुसका लागि १३ वाणिज्य बैंकले घटाए ब्याजदर, कसकाे कति ?



काठमाडौं । वाणिज्य बैंकहरुले पुस महिनाका लागि पनि मुद्दती निक्षेपको ब्याजदर थप घटाएका छन् । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा मंसिरको तुलनामा पुसमा ब्याजदर घटेको हो ।

मंसर महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.०४०५ प्रतिशत रहेकाेमा पुसमा ३.४४५ प्रतिशतमा झरेकाे छ ।

पुस महिनामा १३ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। जसमा प्राइम कमर्सियल, ग्लाेबल आईएमई र राष्ट्रिय वाणिज्य बैंकले ०.५ प्रतिशतले घटाएका छन् भने नेपाल एसबीआई, सानिमा, लक्ष्मी सन्राइज र एभरेष्ट बैंकले ०.२५ प्रतिशतले ब्याजदर घटाएका छन् ।

यस्तै, प्रभु बैंक र कृषि विकास बैंकले ०.४ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन् भने कुमारी बैंकको ब्याजदर ०.३८ प्रतिशत घटेको छ। स्ट्याण्डर्ड चाटर्ड र नबिल बैंककाे ब्याजदर क्रमशः ०.१ र ०.२ प्रतिशत घटेकाे छ ।

यता ७ वािणज्य बैंकहरू सिटिजन्स, माछापुच्छ्रे, एनआईसी एशिया, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र हिमालयन बैंकले मंसिर महिनाकै दरलाई निरन्तरता दिएका छन् ।

यस्तै ५ वाणिज्य बैंकहरूले संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि घाएका छन् । जसअन्तर्गत नेपाल एसबीआई बैंकले सबैभन्दा बढी १ प्रतिशत, कुमारी बैंकले ०.५१, ग्लाेबल आईएमई र लक्ष्मी सन्राइज बैंकले समान ०.५ र नबिल बैंकले ०.२ प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन् ।

कुन बैंकले कति ब्याज दिन्छन् ?

व्यक्तिगत मुद्दति निक्षेपमा ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले सबैभन्दा बढी ब्याज दिँदैछन् । यी दुई बैंकले पुस महिनामा समान ५.५ प्रतिशतसम्म ब्याज दिनेछन् ।

यस्तै नेपाल बैंकले ५.१ र राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे, एनआईसी एसिया, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा र एनएमबी बैंकले समान ५ प्रतिशत ब्याज दिनेछन् भने सानिमा, लक्ष्मी सनराइज, एभरेष्ट र सिटिजन बैंक इन्टर्नेश्नलले समान ४.७५ प्रतिशत र प्रभु, कृषि विकास, नेपाल एसबीआई र नबिल बैंकले समान ४.५५ प्रतिशत ब्याज दिनेछन् ।

यस्तै पुस महिनाका लागि कुमारी बैंकले ४.५३ र प्राइम कमर्सियलले ४.२५ प्रतशत व्याजदर ताेकेका छन् ।

यस्तै संस्थागततर्फ हिमालयन बैंकले ४.२५ प्रतिशत रग्लाेबल आइएमई बैंकले ३.७५ प्रतिशत ब्याज दिनेछ । कुमारी बैंकले ३.५, नेपाल एसबीआईले २.८, लक्षमी सनराइज ३.५, नबिल ३.५५ प्रतिशतसम्म ब्याज दिनेछन् ।

बाँकी बैंकरूले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्