आइसिएफसि फाइनान्सकाे साधारण सभाबाट १५.७८ प्रतिशत लाभांश पारित - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

आइसिएफसि फाइनान्सकाे साधारण सभाबाट १५.७८ प्रतिशत लाभांश पारित



काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले आफ्नो बाइसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सोमबार काठमाण्डौमा सम्पन्न साधारण सभाबाट आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पूँजीको १५.७८९५५ नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ ।

वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को लागि बा≈य लेखापरीक्षकमा श्री “एसएआर एसोसिएट्स” चार्टर्ड एकाउन्टेन्टस् लाई नियुक्त गरेको छ ।

चुक्तापूँजी रु.एक अर्ब अठार करोड चौतीस लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा कार्यालय मार्फत १ लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधि मार्फत बैकिङ्ग सेवा दिदैं आएको छ ।

साथै, संस्थाले चालु आ.व.को असोज मसान्त सम्म रु. २१ अर्ब ४४ करोड निक्षेप संकलन र रु. १७ अर्ब ७३ करोड कर्जा प्रवाह गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्