एनएमबि बैंकले बोनस पारित गर्न बोलायो वार्षिक साधारण सभा
एनएमबि बैंक लिमिटेडले लाभांश पारितको प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस २४ गते त्रिभुवन आर्मी अफिसर क्लब, टुडिखेलमा बिहान १० बजेदेखि वार्षिक साधारण सभा गर्ने भएको छ ।
कम्पनीले चुक्ता पुँजीको ५ प्रतिशत कर बाहेक बोनस शेयर दिने प्रस्ताव गरेको छ । हाल कम्पनीको जारी पुँजी २१ अर्ब ३६ करोड ६७ लाख ५ हजार रुपैयाँ बराबरको छ बोनस वितरण पछि चुक्ता पुँजी २२ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँ बराबरको हुने छ ।
बैंकको हाल चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार रुपैयाँ बराबरको छ भने बैंकले ९१ करोड ८३ लाख ३५ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्ने छ ।
बैंकले सभामा आर्थिक वर्ष २०८१–०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित, सोही वर्षको नाफा नोक्सान हिसाब, अन्य विस्तृत आम्दानी लयागतका एजेन्डा रहेको छ ।













