स्वावलम्बन लघुवित्तले १० प्रतिशत लाभांश पारित गर्न बोलायो साधारण सभा
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१–०८२ को वितरणयोग्य नाफाबाट शेयर धनीलाई १० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले लाभांश वितरण सहित वार्षिक साधारण सभा समेत बोलाएको छ ।
कम्पनीले आफ्नो वार्षिक साधारण सभा पुस २५ गते बिहान ११ बजेदेखी लिससारा रिसेप्सन्स, नक्साल काठमाडौंमा गर्ने भएको छ ।
कम्पनीले चुक्ता पुँजीको ४.३६३५ प्रतिशत नगद लाभांश बर सहित र ५.६३६५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६५ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको छ ।
कम्पनीले लाभांश सहित वित्तीय संस्थाको २४औं वार्षिक साधारण सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत आ.व.२०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०८१/८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र नाफा नोक्सान बाँडफाँड विवरण छलफल गरी पारित गर्ने समेत सभाको एजेन्डा रहेको छ ।













