राधी विद्युत कम्पनीले बोलायो साधारण सभा, लगानीकर्तालाई छैन लाभांश
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । तर लगानीकर्ताका लागि भने लाभांश प्रस्ताव गरेको छैन । कम्पनीको सोमबार अपराह्न ३:३० मा बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा पुस २२ गते गर्ने निर्णय गरेको छ ।
कम्पनीको वार्षिक साधारण सभाले एजेन्डामा भने लाभांश सम्बन्धी कुनै पनि एजेन्डा छैन । कम्पनीले आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको २०८१–८२ को वासलाते नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र नाफा नोक्सान बाँडफाँड विवरण छलफल गरी पारित गर्ने र लेखा परीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
सभामा विशेष प्रस्तावमा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, त्यसको लागि आवश्यक अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा रहेको छ ।













