एक्सनमा कुलमान: वर्षौदेखि अलपत्र सिँचाइका २२ रुग्ण ठेक्का तोडियाे - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एक्सनमा कुलमान: वर्षौदेखि अलपत्र सिँचाइका २२ रुग्ण ठेक्का तोडियाे



काठमाडौं। सरकारले काम नगरेर वर्षौंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडेको छ ।

जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत चालू २१५ ठेक्का मध्ये समस्याग्रस्त २२ ओटा ठेक्का तोडिएको हो । तोडिएका आयोजनाहरुको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएसँगै ठेक्का सम्झौता गरी काम नगर्ने आयोजनाहरुको ठेक्का तोडिदै आएको छ ।

बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम धनुषाअन्तर्गतका १५ र सुनकोशी मरिनको १ गरी २२ वटा रुग्ण ठेक्का तोडिएको हो। भेरी बबईको १ करोड ७६ लाख रुपैयाँ बराबरको ठेक्का टोडिएको छ। जनकपुरधाम कार्यालयअन्तर्गतका १३ करोड १७ लाख रुपैयाँ बराबरको ठेक्का तोडिएको छ।

सिँचाइतर्फको सबैभन्दा ठूलो ठेक्का राष्ट्रिय गौरबको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको तोडिएको छ। यस आयोजना निर्माणका लागि पटेल-रमण जेभीसँग १४ अर्ब ८ करोड रुपैयाँ (करसहित)मा ठेक्का सम्झौता भएको थियो।


प्रतिक्रिया दिनुहोस्