५ महिनामा ३८ अर्ब ५९ करोड बराबरको विदेशी लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

५ महिनामा ३८ अर्ब ५९ करोड बराबरको विदेशी लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति ?



काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा २८ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका अनुसार चालु आर्थिक वर्षको मंसिर सम्ममा ३८ अर्ब ५९ करोड ६६ लाख ४४ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । 

समीक्षा अवधिमा २८६ वटा उद्योग तथा कम्पनीले नेपालमा लगानी गर्ने प्रतिबद्धता गरेका छन् । जसबाट ३३ हजार ८१४ जनालाई रोजगारीको प्रतिबद्धता भएको छ । 

शाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार ४३८ वटा उद्योग तथा व्यवसायले नेपालमा आएर लगानी गर्ने प्रतिबद्धता गरेका छन् । 

५६ वटा कम्पनीले मंसिरमा मात्र १ अर्ब ९१ करोड ४९ लाख ५८ हजार रुपैयाँ बराबरको नेपालमा लगानी गर्ने प्रतिबद्धता गरेका छन् । जसबाट १ हजार ४७० जनालाई रोजगारी मिल्ने तथ्यांकमा उल्लेख छ । 

५ महिनाको अवधिमा लगानी प्रतिबद्धता आएका मध्ये साना कम्पनी ४२३ वटा, मध्यम ८ वटा र ठुला ७ वटा कम्पनी रहेको विभागले जनाएको छ । मंसिरमा मात्र ५४ वटा साना, २ वटा मध्यमे उद्योगले लगानी प्रतिबद्धता गरेका छन् । 

सबैभन्दा बढी लगानी प्रतिबद्धता आइटी क्षेत्रका उद्योगमा आएको छ । २३६ वटा कम्पनीले ५ महिनाको अवधिमा लगानी प्रतिबद्धता गरेका छन् । जुन पुरै लगानी प्रतिबद्धताको ५४ प्रतिशत हो । लगानी करमको हिसाबले भने ३ प्रतिशत मात्र रहेको छ । 

आइटी पछि पर्यटन उद्योगमा बढी लगानी प्रतिबद्धता आएको छ । जसमा १३५ वटा उद्योग लगानी प्रतिबद्धता गरेका छन् । जुन जम्मा आएको लगानी प्रतिबद्धताको ३१ प्रतिशत हो । लगानीको हिसाबले हेर्दा यसको २६ प्रतिशत हिस्सा ओगटेको छ । 

त्यस्तै कृषिमा १३ वटा उद्योग ३ प्रतिशत छन् । लगानीको हिसाबले भने सबैभन्दा बढी हो । कृषि उद्योगमा ५७ प्रतिशत हिस्सा छ । 

सेवा क्षेत्रका २८ (६ प्रतिशत), उत्पादन २६ वटा (६ प्रतिशत), इनर्जि १ वटा मिनिलर १ वटा उद्योगले लगानी प्रतिबद्धता गरेका छन् । 

उत्पादनमूलक कम्पनीले १ अर्ब ९७ करोड २३ लाख ५८ हजार रुपैयाँको लगानी प्रतिबद्धता भएको छ । ऊर्जामूलकमा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ, कृषि मूलकमा २१ अर्ब ८८ करोड ८० लाख रुपैयाँ बराबरको, पर्यटन मूलकमा १० अर्ब १२ करोड २० लाख ५० हजार रुपैयाँ बराबरको र खनिज मूलकमा ४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता भएको छ । 

साथै, सेवामूलकमा ३ अर्ब ३९ करोड ६० लाख रुपैयाँ बराबरको छ भने सूचना प्रविधिमूलकमा ९९ करोड ८९ लाख ८६ हजार रुपैयाँ बराबरको छ । पूर्वधारमुलकमा उद्योगमा भने कुनै पनि लगानी प्रतिबद्धता आएको छैन ।  


प्रतिक्रिया दिनुहोस्