रिलायन्स फाइनान्सका सेयरधनीकाे हात खाली, छैन लाभांश
काठमाडाैं । रिलायन्स फाइनान्स लिमिटेडले यस वर्ष आफ्ना सेयरधनीहरुलाई लाभांश नदिने भएकाे छ ।
कम्पनीकाे पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे ।
यस्तै गत आर्थिक वर्ष २०८१/८२ काे वित्तीय विवरण पारित गरी स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो ।













