असोजको बाढी-पहिरो क्षति उपर बीमा कम्पनीले दिए सवा ११ करोड दाबी भुक्तानी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

असोजको बाढी-पहिरो क्षति उपर बीमा कम्पनीले दिए सवा ११ करोड दाबी भुक्तानी



काठमाडौं । गत असोज १८ गते आएको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षति उपर निर्जीवन बीमा कम्पनीहरूले ११ करोड रुपैयाँ भन्दा बढी दाबी भुक्तानी गरेका छन् ।

हालसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ७९० वटा प्रारम्भिक बीमा दाबीको कूल करिव रू. ४ अर्ब १८ करोड २६ लाख प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा कूल ९६ वटा दाबीको कूल दाबी रकम करिव रू. ११ करोड १५ लाख बीमितहरूलाई भुक्तानी भएको नेपाल बीमा प्राधिकरणबाट प्राप्त पछिल्लो तथ्याङ्कले देखाएको छ ।

विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, निर्जीवन बीमा कम्पनीहरूबाट सम्पत्ति बीमातर्फ ४१७ वटा प्रारम्भिक दाबीको दाबी रकम करिव रू. ३ अर्ब ५८ करोड ३२ लाखमध्ये कूल ३३ वटा बीमा दाबीको करिव रू. ९ करोड ६४ लाख र इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०७ वटा बीमा दाबीको करिव रू. ५१ करोड ५७ लाखमध्ये कूल ७ वटा दाबीको करिव रू. ९ लाख बीमितहरूलाई भुक्तानी भएको छ ।

यसैगरी, कृषि तथा बाली बीमातर्फ २१० वटा बीमा दाबीको करिव रू. ४ करोड १४ लाख दाबी रकममध्ये कूल ४२ वटा दाबीको करिव रू. १९ लाख, मोटर बीमा (निजी) तर्फ ४० वटा बीमा दाबीको करिव रू. २ करोड ८२ लाख दाबी रकममध्ये कूल १२ वटा दाबीको करिव रू. १ करोड २० लाख र सामुद्रिक बीमातर्फ ४ वटा बीमा दाबीको करिव रू. ११ लाख प्रारम्भिक बीमा दाबी रकममध्ये २ वटा दाबीको करिव रू. ३ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी भएको अद्यावधिक तथ्याङ्क रहेको छ ।

यस्तै, मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको करिव रू. १ करोड १९ लाख र लघुबीमातर्फ २ वटा दाबीको करिव रू. १२ लाख बीमा दाबी रकमको भुक्तानी प्रक्रिया भने हालसम्म शुरू नभएको अद्यावधिक जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको छ ।


प्रतिक्रिया दिनुहोस्