राष्ट्र बैंकले १ अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब २० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको छ ।
पुष ७ गतेभित्र निवेदन दिन आग्रह बैंकले भनेको छ । ‘क’ वर्गका वाणिज्य बैंकमा ९६ करोड, ‘ख’ वर्गका विकास बैंकमा १८ करोड र ‘ग’ वर्गका वित्त कम्पनीमा ६ करोड रुपैयाँको रकम लगानी गर्ने बैंकले बताएको छ ।













