एलआइसी नेपालको बोनस दर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एलआइसी नेपालको बोनस दर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी नेपाल) लिमिटेड ले बोनस दर सार्वजनिक गरेको छ । नयाँ बोनस दर नेपाल बीमा प्राधिकरणले मंसिर २८ गते स्वीकृति गरेपछि सार्वजनिक गरिएको हो । 

कम्पनीले सावधिक जीवन बीमालेख योजनामा बीमितले बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ५० रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दर रहेको छ । 

जीवन आस्तामा ५ वर्षकोमा ८५ रुपैयाँ र ३ वर्षकोमा ८० रुपैयाँ बोनस दर रहेको छ । बाल उन्नतिमा १५ देखि २५ वर्षसम्मको ६० रुपैयाँ र ८ देखि १४ वर्षकोमा ५५ रुपैयाँ बोनस दर रहेको छ । 

जीवन विद्या, जीवन साथी र जीवन श्रीमा ५० रुपैयाँ देखि ५२ रुपैयाँसम्म बोनस दर रहेको छ । सर्वाधिकमा ५० रुपैयाँ देखि ६५ रुपैयाँसम्म हरेको छ । जीवन आनन्दमा १० देखि २५ वर्षको अवधि छ । जसमा ५१ रुपैयाँ देखि ५६ रुपैयाँसम्म रहेको छ । 

बाल सर्वाधिकमा १५ देखि ३० वर्ष भन्दा माथिको अवधि छ । जसमा ५० रुपैयाँ देखि ६४ रुपैयाँसम्म बोनस दर हरेको छ । धन वृष्टिमा १५ वर्ष अवधिकोमा ५६ रुपैयाँ र १० वर्ष अवधिकोमा ५३ रुपैयाँ बोनस दर कम्पनीले सार्वजनिक गरेको छ । 

धन फिर्ता योजनामा ५५ रुपैयाँ देखि ६० रुपैयाँसम्म छ । बाल ममता , बाल स्नेह  र जीवन तरग अन्तरगत ५० रुपैयाँ देखि ५७ रुपैयाँसम्म रहेको छ । 

लघु सावधिक सबैको ४१ रुपैयाँ बोनस दर रहेको छ । जीवन बचतको ५ वर्ष देखि २५ वर्षसम्मको योजना छ । जसमा ४१ रुपैयाँ देखि ६० रुपैयाँसम्म बोनस दर रहेको छ । 

कम्पनीको जीवन लाभ अन्तरगत १० देखि २५ वर्षसम्मको योजना छ । जसको ५१ रुपैयाँ देखि ५७ रुपैयाँसम्म बोनस दर रहेको छ । बाल समृद्धि र जीवन उत्सव अन्तरगत १० देखि ३५ वर्षसम्मको योजना रहेको छ । जसमा ५० रुपैयाँ देखि ५६ रुपैयाँसम्म बोनस तर कम्पनीले सार्वजनिक गरेको छ । 

हरेक वर्ष कम्पनीको बीमांकी मूल्यांकन (एक्चुरियल भ्यालुएशन) पछि घोषणा गरेको बोनस दरका आधारमा बीमितले बोनस रकम पाउँछन् । नयाँ बोनस दर घोषित नहुँदासम्म बीमितले पछिल्लो घोषित बोनस दरकै आधारमा समर्पण मूल्य, बीमालेख धितो कर्जा, अग्रिम दाबी भुक्तानी, जीवित लाभ (सर्भाइभल बेनिफिट), मृत्यु दाबी भुक्तानी र परिपक्व दाबी भुक्तानी बापतको रकम भुक्तानी प्राप्त गर्छन् ।


प्रतिक्रिया दिनुहोस्