लाभांश पारित गर्न प्रभु महालक्ष्मीले डाक्याे साधारण सभा, के-के छन् अन्य एजेण्डा ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

लाभांश पारित गर्न प्रभु महालक्ष्मीले डाक्याे साधारण सभा, के-के छन् अन्य एजेण्डा ?



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले नवौँ वार्षिक साधारण सभा बाेलाएकाे छ ।

कम्पनी सञ्चालक समितिको बैठकले पुस २९ गते मंगलबार सिल्भर ओक व्याङक्वेट एण्ड इभेण्ट सेन्टर, गैन्धारा, काठमाडौंमा बिहानको ११ बजे सभा बाेलाएकाे हाे ।

उक्त सभाले कम्पनीले घोषणा गरेको ४ प्रतिशत बोनस शेयर र ४.४२१ प्रतिशत नगद लाभांश गरी ८.४२१ लाभांश वितरणकाे प्रस्ताव पारित गर्नेछ ।

यस्तै सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गर्नेछ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ (३) बमोजिम आ व २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण (हालका लेखापरीक्षक पुनः नियुक्तिका लागि योग्य हुनुहुन्छ) हुने प्रस्ताव पारित गर्नेछ ।

यस्तै सभाले बोनश शेयर जारी पश्चात हुन आउने रु ५ अर्ब ३० कराेड ७७ लाख ९३ हजार ९२० बराबर चुक्ता पूँजी कायम गर्ने तथा सोही अनुसार प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनी ऐनको दफा १०५ (१) (ग) मा भएको व्यवस्था बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च भएको रकम अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिनुको साथै लाभांश पाउनेछन् । साधारण सभा लाभांश वितरण प्रयोजनका लागि पुस २१ गते बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्