रिलायन्स फाइनान्सले बोलायो साधारण सभा
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंगलबार अपराह्न ३:३० बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१–८२ को १६औँ वार्षिक साधारण सभा गर्ने भएको हो ।
कम्पनीको सचिव युज कुमार भैलका अनुसार कम्पनीले सभा पुस ३० गते काठमाडौंको गौशालामा हरेको अनुपम फुड ल्याण्ड एण्ड ब्याक्वेटमा बिहान ११:३० बजे गर्ने भएको छ ।
कम्पनीले विशेष प्रस्तावको रूपमा मर्जर सम्बन्धी प्रस्ताव हरेको छ । कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव भने गरेको छैन ।
कम्पनीले सभा प्रयोजनका लागि पुस १७ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ ।














