आज शेयर बजार बन्द रहने, आरटीजीएस प्रणाली भने सञ्चालनमा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

आज शेयर बजार बन्द रहने, आरटीजीएस प्रणाली भने सञ्चालनमा



काठमाडाैं । आज बिहिबार शेयर बजार बन्द रहने भएको छ । ‘क्रिसमस डे’ का दिन सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहने भएको हो ।

अब शेयर बजारको कारोबार आइतबार मात्र खुल्ने छ ।

आज सार्वजनिक बिदा भएपनि आरटीजीएस प्रणाली सुचारु रहने छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै बैंकिङ कारोबारको सहजताका लागि आरटीजीएस सञ्चालन रहने जानकारी दिएको हो ।

आज आरटीजीएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ ।


प्रतिक्रिया दिनुहोस्