निर्यात गर्ने भन्सारमा विराटनगर दोस्रो, टप १० मा मेची, मुस्ताङदेखि कैलालीसम्म  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

निर्यात गर्ने भन्सारमा विराटनगर दोस्रो, टप १० मा मेची, मुस्ताङदेखि कैलालीसम्म 



काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को मंसिर मसान्तसम्ममा भएको निर्यात मध्ये दोस्रो बढी निर्यात विराटनगर भन्सारबाट भएको छ । 

५ महिनामा पुरै १ खर्ब १६ अर्ब ५० करोड ९० लाख ३६ हजार रुपैयाँ बराबरको निर्यात हुँदा विराटनगरबाट मात्र ३४ अर्ब ४९ करोड २ लाख १९ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । पुरै निर्यातको हिसाबले विराटनगरबाट मात्र २६.६० प्रतिशत निर्यात भएको छ । 

निर्यात बढी गर्ने भन्सार कार्यालयहरूमा मेची, मुस्ताङ र कैलाली समेत टप १० भित्र परेको छ । मेचीबाट मात्र १० अर्ब ७१ करोड ४० लाख २३ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । जुन ९.१० प्रतिशत हो । मेचीबाट निर्यात गर्नेमा पाँचौँ नम्बरमा छ । 

मुस्ताङबाट १६ करोड ६२ लाख ९ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । जुन ०.१४ प्रतिशत हो । मुस्ताङ निर्यात गर्नेमा टप १० मा रहेको छ । 

कैलालीबाट ५ महिनामा ४६ करोड ७२ लाख ६४ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । जुन ०.४० प्रतिशत हो । कैलाली निर्यात गर्नेमा टप ९ मा परेको छ । 

सबैभन्दा बढी निर्यात गर्नेमा पहिलो नम्बरमा भने वीरगन्ज भन्सार हरेको छ । यसले पुरै निर्यातको ३४.३१ प्रतिशत भएको छ । जसमा ३९ अर्ब ९६ करोड ८४ लाख ९१ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र १५ अर्ब ३५ करोड ६० लाख ७० हजार रुपैयाँ बराबरको निर्यात भएको छ । जुन पुरै निर्यातको १३.१८ प्रतिशत हो । 

निर्यात गर्ने भन्सारको हिसाबले भैरहवा चौथो नम्बरमा हरेको छ । यो कार्यालयबाट ५ महिनामा १२ अर्ब २ करोड ७८ लाख १२ हजार रुपैयाँको निर्यात भएको छ । जुन पुरै निर्यातको १०.३२ प्रतिशत हो । 

जलेश्वर भन्सारबाट ५ महिनामा १ अर्ब ४६ करोड ८१ लाख ११ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । जुन पुरै निर्यातको १.२६ प्रतिशत हो । निर्यातका हिसाबले जलेश्वरमा छैटौँ नम्बरमा थियो । 

निर्यातका हिसाबले सातौँ नम्बरमा भने नेपालगन्ज भन्सार हरेको छ । जहाँबाट ५ महिनामा १ अर्ब १ करोड ६३ लाख ९० हजार रुपैयाँ बराबरको निर्यात भएको छ । जुन पुरै निर्यातको ०.८७ प्रतिशत हो । 

आठौँ नम्बरमा कृष्णनगर भन्सारले निर्यात गरेको छ । कृष्णनगरबाट मात्र ६७ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको निर्यात भएको छ । 


प्रतिक्रिया दिनुहोस्