जेन–जी आन्दोलन पछि निर्जीवन बीमा व्यवसायमा रफ्तार, ५ महिनामा करिब २० अर्बको व्यवसाय  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

जेन–जी आन्दोलन पछि निर्जीवन बीमा व्यवसायमा रफ्तार, ५ महिनामा करिब २० अर्बको व्यवसाय 



काठमाडौं । जेन–जी आन्दोलन पछि निर्जीवन बीमा व्यवसायको रफ्तार बढेको छ । चालु आर्थिक वर्ष २०८२–८३ को मंसिर मसान्तसम्ममा करिब २० अर्ब रुपैयाँ बराबरको बीमा व्यवसाय भएको छ । 

नेपाल बीमा प्राधिकरण सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा १९ अर्ब ९८ करोड ५६ लाख ९८ हजार रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । मंसिर मासान्तसम्ममा १३ लाख ४१ हजार ७०७ वटा बीमालेख जारी भएको छ । 

जसमा १४ निर्जीवन बीमा कम्पनीले मात्र १९ अर्ब ४८ करोड ९६ करोड ९३ हजार रुपैयाँ बराबरको ११ लाख ६२ हजार १९६ वटा बीमालेख जारी भएको छ । 

४ वटा लघु बीमाले ४ ४९ करोड ६० लाख ५ हजार रुपैयाँ बराबरको १ लाख ७९ हजार ५११ वटा बीमालेख जारी भएको छ । 

मंसिरमा मात्र निर्जीवन बीमा कम्पनीहरूले ३ अर्ब ५५ करोड ९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको ३ लाख ९ हजार ६३४ वटा बीमा जारी गरेका छन् ।

मंसिरमा ८ खर्ब ६१ अर्ब ७९ करोड ८१ लाख १७ हजार रुपैयाँ बराबरको बीमांक रकम बराबरको बीमा भएको छ । 

मंसिरमा मात्र १४ वटा निर्जीवन बीमा कम्पनीले ३ अर्ब ६४ करोड १४ लाख २० हजार रुपैयाँ बराबरको २ लाख ४९ हजार ९८ वटा बीमालेख जारी भएको छ । जसको कुल ८ खर्ब ५१ अर्ब ६ करोड ९४ लाख ६२ हजार रुपैयाँ बरारबको बीम रकम छ । 

४ वटा लघु बीमाले मंसिरमा मात्र १२ करोड ९४ लाख ८० हजार रुपैयाँ बराबरको ५० हजार ६३६ वटा बीमालेख जारी भएको छ । जसको १० अर्ब ७२ करोड ८६ लाख ५५ हजार रुपैयाँ बराबरको बीमा रकम हुन आउँछ । 

कुन कम्पनीको कस्तो ?

        निर्जीवन बीमा ब्यवसाय गर्ने बीमकहरुको विवरण
बीमक           मंसिर महिनाको    मंसिर मसान्तसम्मको
जरी बीमालेख संख्याकुल बीमाशुल्क (रु. लाखमा)बीमांक रकम (रु लाखमा)जारी बीमालेख संख्याकुल बीमाशुल्क (रु. लाखमा)
नेपाल इ.कं.लि. १९,४७११,५०९.७६३८८,०१९.४५७८,५१५ १०,१७२.१८
दि.ओरिएन्टल इ.कं.लि. ३,८७४ १,९३०.५५ ६८९,९६२.६७ १८,६३७ ११,१७१.१३
राष्ट्रिय बीमा कम्पनी लि. २,२२४ ५६०.०६ ३८५,५८१.५५ ९,८६५ ४,९३०.९४
नेशनल इ.कं.लि. १,९१७ ९७३.२२ २५१,५०३.४९ १०,३५६ ६,०६८.३८
नेको इ.लि. २६,३६३ २,८५९.०८ ७२६,१६३.२२ ११९,२६७ १४,३४१.४५
प्रभु इ.लि. १०,०१२ १,४१४.७० २९४,८४१.३७ ४४,१८७ ७,९८५.८९
शिखर इ.कं.लि. २७,७३२ ४,११८.६८ ८८१,८५९.७१ १३०,१६७ २१,५०५.४८
एनएलजी इ.कं.लि. १८,६८९ ३,१५९.८० ४०९,००५.१५ ८७,८३८ १५,७८२.७९
हिमालयन एभरेष्ट इ.लि. ३०,४८८ ४,०११.२३ ७९८,०५२.१७ १२९,६४६ २०,०७०.१७
सानिमा जिआईसी इ.लि. १३,०५८ २,०१०.८० ४७८,४१३.८९ ५०,११० १२,२१४.६८
सिद्धार्थ प्रिमियर इ.लि. २४,३७९ ३,१७६.८७ ७७४,५००.४६ ११४,७७४ १८,६५४.५३
सगरमाथा लूम्विनी इ.लि २३,९०७ ४,३५६.५७ ७३९,५६२.४५ १०७,९२० २२,१९२.८३
आइजिआई प्रूडेन्सियल इ.कं.लि. २०,६७५ ३,९४८.५९ ८६१,२४६.६९ ८८,१५३ १६,६८४.७०
युनाइटेड अजोड इ.लि. ३६,३०९ २,३८४.३१ ८३१,९८२.३५ १७२,७६१ १३,१२१.७८
जम्मा (क) २५९,०९८ ३६,४१४.२० ८,५१०,६९४.६२ १,१६२,१९६ १९४,८९६.९३
लघु बीमक     
नेपाल माइक्रो इ. क. लि. १३,२४८३३५.९३१६,५००.४२४५,०६२१,३०३.१७
प्रोटेक्टिभ माइक्रो इ. क. लि. १४,४९३ ३५२.७२ २४,६५१.३९ ५१,२१९ १,३२१.९८
स्टार माइक्रो इ. क. लि. १३,१६३ २८९.६१ ३९,०७६.२३ ४६,७१७ १,०७४.८२
ट्रस्ट माइक्रो इ. क. लि. ९,७३२ ३१६.५३ २७,०५८.५१ ३६,५१३ १,२६०.०७
जम्मा (ख) ५०,६३६ १,२९४.८० १०७,२८६.५५ १७९,५११ ४,९६०.०५
जम्मा (क+ख) ०९,७३४ ३७,७०९.००८,६१७,९८१.१७ १,३४१,७०७ १९९,८५६.९८


प्रतिक्रिया दिनुहोस्