रास्वपा र बालेनको एकीकरणले शेयर बजारमा उल्लास, बजार खुलेको ५ मिनेटमै १५ अंक बढ्यो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

रास्वपा र बालेनको एकीकरणले शेयर बजारमा उल्लास, बजार खुलेको ५ मिनेटमै १५ अंक बढ्यो



काठमाडौँ । आसन्न निर्वाचनबारे विस्वसनीय हुन नसकेका शेयर लगानीकर्तालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह प्रवेश गर्नेगरी भएको एकीकरण सम्झौताले आइतबार बजार खुल्दाबित्तिकै देखि उल्लासमय दखिएको छ ।

आइतबार प्रिओपन सेसनमा सढे २ अंक जति बढेको नेप्से बजार खुलेपछि लगातार उकालो रफ्तारमै देखिएको छ । त्यसपछिको ५ मिनेटको कारोबार मै नेप्सेले १५ अंकको बृद्धि निकालेपछि २६०० अंकमा पुगेको छ । त्यसयता नेप्से स्थिरप्राय: पनि देखिएको छ ।

तर लगातार घटिरहेको बजारमा नेप्सेको यो सुरुआति बृद्धिले २६०० अंक छिचोलेर माथि जान केही प्रतीक्षा गराएजस्तो देखिएको छ । यद्यपि, सम्भावित राजनीतिक स्थायित्वको आशा भने केही बढेको लगानीकर्ता बताउँछन् । चुनाव हुने अवस्था आएमा नेप्सेमा उल्लासपूर्ण बृद्धि हुने अपेक्षा लगानीकर्ताको छ ।


प्रतिक्रिया दिनुहोस्