४ आश्विन २०८३, आइतबार

सामान आयात गर्नेलाई डलर साट्नमा राष्ट्र बैंकले गर्‍यो कडाइ



काठमाडौं । उद्योगी तथा व्यवसायीलाई डलर साट्नमा नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०८१ मा संशोधन गरेको छ । 

जस अन्तरगत महिनामा एक पटक मात्र आयात गर्ने उद्योगले २० लाख अमेरिकी डलर र व्यवसायीले चार लाख अमेरिकी डलर मात्र साट्न पाउने भएका छन् । 

यस अगाडि राष्ट्र बैंकले कुनै पनि नियम लगाएको भने थिएन ।