७ श्रावण २०८३, बिहिबार

न्युजिल्याण्ड पठाइदिने भन्दै १० लाख ठगी गर्ने पक्राउ 



काठमाडौँ । वैदेशिक रोजगारीमा न्युजिल्याण्ड लैजाने भन्दै १० लाख ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार पक्राउ पर्नेमा सुनसरी इनरुवा–१ घर भएका विशाल कटुवाल रहेका छन् । 

उनी हाल काठमाडौँ कीर्तिपुर–११ मा बस्तै आएका थिए । 


प्रतिक्रिया दिनुहोस्