दीपेन्द्र अग्रवाललाई धरौटीमा रिहा
काठमाडौं । शेयर कारोबारी दिपेन्द्र अग्रवाल धरौटीमा रिहा भएका छन् । आइतबार काठमाण्डौ जिल्ला अदालतले धरौटी लिएर छाड्न आदेश दिएको हो ।
अग्रवाललाई १० दिनअघि काठमाण्डौको चुनदेवी क्षेत्रबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोलीले पक्राउ परेका थिए ।
अग्रवाललाई नेपाल धितोपत्र बोर्डको सिफारिस अनुसार विभिन्न कम्पनीको शेयरको भित्री कारोबारमा संलग्नताको आरोपमा पक्राउ गरेको थियो ।













