९ श्रावण २०८३, शनिबार

अब बैंकरहरू कुटाई खाएर बस्न सक्दैनन्: अध्यक्ष कोइराला 



काठमाडौँ । नेपाल बैंकर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालाले अब बैंकरहरू कुटाई खाएर बस्न नसक्ने बताएका छन् । उनले नेपाल आर्थिक पत्रकार समाजद्वारा आयोजित बैंकिङ क्षेत्रमा बढेका चुनौती र गर्नुपर्ने काम विषयक अन्तर्क्रिया कार्यक्रम यस्तो बताएका हुन् । 

बैंकिङ क्षेत्रले ५० हजारलाई रोजगारी दिएको बताउँदै सरकारले बैंकिङ क्षेत्र जोगाएर राख्नुपर्ने कोइरालाको भनाई थियो । 

हाल बैंकिङ क्षेत्रमा ७५ खर्व निक्षेप र ५४ खर्व कर्जा लगानी गरेको उनले जानकारी दिए । 

‘हामी पारदर्शी भएकाले नै वित्तीय क्षेत्र माथि आक्रमण भइरहेको छ’, कोइरालाले भने, ‘बैंकिङ क्षेत्रमा राजनीतिसँग लेनदेन छैन, राजनीतिको नाममा भएका भौतिक आक्रमण हुन थालेको छ ।’

ज्योति विकास बैंकका कर्मचारीमाथि हालै भौतिक आक्रमणको सङ्घले घोर भर्त्सना गरेको कोइरालाले स्मरण गरे । उनले पत्रकारहरूले पनि वित्तीय क्षेत्रका समाचारहरू लेख्दा व्यक्तिगत लाञ्छनामा लाग्न नहुने बताए ।


प्रतिक्रिया दिनुहोस्