निर्जीवन बीमा बजारमा बागमतीको एकछत्र राज : ६८ प्रतिशत व्यवसाय एक्लै - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

निर्जीवन बीमा बजारमा बागमतीको एकछत्र राज : ६८ प्रतिशत व्यवसाय एक्लै



काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को ५ महिनाको निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ९८ करोड ५६ लाख ९८ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मंसिर मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीले १३ लाख ४१ हजार ७०७ बीमालेख जारी गरेको देखिएको छ । 

तर, निर्जीवन बीमा पुरै वर्चस्व भने बागमती प्रदेशकै देखिएको छ । जम्मा निर्जीवन बीमा व्यवसाय मध्ये ६८.१८ प्रतिशत व्यवसाय बागमती प्रदेशले मात्र गरेको छ । ५ महिनामा बागमती प्रदेशबाट १३ अर्ब ६२ करोड ५४ लाख ८३ हजार रुपैयाँ बराबरको निर्जीवन बीमा व्यवसाय भएको छ । जुन व्यवसायको हिसाबले सबैभन्दा धेरै हो । 

जारी भएको बीमालेख संख्यामध्ये ४६ प्रतिशत हिस्सा बागमती प्रदेशको छ । बागमतीले ६ लाख १३ हजार १६५ बीमालेख जारी गरेको छ । जुन प्रदेशगत जारी भएको बीमालेखको हिसाबले सबैभन्दा बढी हो । 

सातवटै प्रदेशमा गरेर पुरै ५० करोड ३२ लाख रुपैयाँ बराबरको लघु बीमा व्यवसाय हुँदा बागमतीमा मात्र ५२.८७ प्रतिशत (२६ करोड ६० लाख ५५ हजार रुपैयाँ)को व्यवसाय भएको छ । जुन अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी हो । 

बागमतीमा १ लाख ८२ हजार ४९४ वटा लघु बीमा जारी हुँदा बागमतीमा सबैभन्दा बढी ८८ हजार ४६१ अर्थात् ४८.४७ प्रतिशत जारी भएको छ । 

कृषि तथा बालीमा जम्मा ७१ करोड ९७ लाख ४७ हजार रुपैयाँ बराबरको बीमा व्यवसाय हुँदा बागमतीमा मात्र ४३.२१ प्रतिशत बीमा व्यवसाय भएको छ । यस्तो बीमा जम्मा ६७ हजार ५१९ वटा जारी हुँदा २९ हजार ३७० वटा अर्थात् ४३.५० प्रतिशत हिस्सा बागमतीमा जारी भएको प्राधिकरणको तथ्यांकमा देखिन्छ । 

विविध बीमा २ अर्ब ५ करोड ४१ लाख ३८ हजार रुपैयाँ बराबरको ६४ हजार ३९७ वटा जारी हुँदा बागमतीमा मात्र १ अर्ब ७७ करोड ८८ लाख ७१ हजार रुपैयाँ (८६.६० प्रतिशत)को ४७ हजार ६९० (७४.०६ प्रतिशत) वटा बीमालेख जारी भएको छ । 

इन्जिनियरिङ तथा ठेक्का व्यवसाय (सडक, पुल, जलविद्युत् जस्ता पूर्वाधार आयोजना) वा निर्माण, पूर्वाधार, ठेक्का र इन्जिनियरिङ सम्बन्धीको २ अर्ब ९१ करोड ४६ लाख ७८ हजार रुपैयाँ बराबरको ७ हजार ८०८ वटा बीमालेख हुँदा बागमतीमा मात्र २ अर्ब ४६ करोड १४ लाख ३८ हजार रुपैयाँ (८४.४४ प्रतिशत) बराबरको ४ हजार ४४३ (५६.९० प्रतिशत) वटा बीमालेख जारी भएको छ । 

मोटर बीमामा पनि बागमतीनै पहिलो स्थानमा छ । ५ महिनाको अवधिमा ६ अर्ब ७८ करोड ९१ लाख ९६ हजार रुपैयाँ बराबरको मोटर बीमा जारी हुँदा ६२.६० प्रतिशत अर्थात् ४ अर्ब २५ करोड ३ लाख ५१ हजार रुपैयाँ बराबरको बागमतीमा मात्र भएको छ । 

मंसिर मसान्तसम्ममा पुरै ६ लाख ६३ हजार १०२ वटा मोटर बीमा हुँदा बागमतीमा मात्र ३ लाख २३ हजार २५४ वटा अर्थात् ४८.७५ प्रतिशत बीमा भएको छ । 

हवाई बीमामा त बागमतीको करिब सत प्रतिशत वर्चस्व रहेको छ । पुरै हवाई बीमा ८६ करोड ३ लाख ७९ रुपैयाँको हुँदा बागमतीमा ९९.८५ प्रतिशत रहेको छ । ५ महिनामा १०२ वटा हवाई बीमा हुँदा बागमतीमा मात्र ९४.१२ अर्थात् ९६ वटा बीमा भएको छ । 

मामून्द्रिक बीममा बागमतीमा मात्र ६६.८६ प्रतिशत व्यवसाय भएको छ । यस्तो बीमा पुरै १ अर्ब १७ करोड ९९ लाख ४९ हजार रुपैयाँको व्यवसाय हुँदा बागमतीमा मात्र ७८ करोड ७९ लाख २१ हजार रुपैयाँ बराबरको हरको छ । ५ महिनामा जम्मा १ लाख ६५ हजार ६२३ वटा मामून्द्रिक बीमा हुँदा बागमतीमा मात्र २७.७७ प्रतिशत अर्थात् ४६ हजार १५ वटा बीमा जारी भएको छ । 

सातै वटा प्रदेशमा गरेर ५ महिनाको अवधिमा ४ अर्ब ९६ करोड ४४ लाख ५ हजार रुपैयाँ बराबरको सम्पत्ति बीमा हुँदा बागमतीमा मात्र ५८.६१ प्रतिशतको बीमा भएको छ । अर्थात्, २ अर्ब ९० करोड ९७ लाख ९ हजार रुपैयाँ बराबरको सम्पत्ति बीमा बागमतीमा मात्र भएको प्राधिकरणको तथ्यांकले देखाएको छ । 

पुस मासान्तसम्म पुरै १ लाख ९० हजार ५६२ वटा सम्पत्ति बीमालेख जारी हुँदा बागमतीमा मात्र ७३ हजार ८३६ वटा जारी भएको छ । जुन ३८.७५ प्रतिशत हो । 


प्रतिक्रिया दिनुहोस्