तस्विरमा हेर्नुहोस् उपत्यकामा मनाएको तमु ल्होसार
काठमाडौं । तोला अर्थात् तमु ल्होसार तमु/गुरुङ्ग समुदायको महान चाड आज देशभर हर्षोल्लासका साथ काठमाडौं उपत्यकामा मनाइएको छ ।
पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले आफ्नो मौलिक परम्परा, संस्कृति र पहिचानसँग जोडिएको यो पर्व भव्य रूपमा मनाइने गरिएको छ ।




तमु ल्होसारमा ‘तमु’ भनेको गुरुङ्ग वा तमू हो भने ‘ल्होसार’ भनेको नयाँ वर्ष हो । यो पर्व बिकम सम्बत पात्रोको पुष महिनाको १५ गते मनाइन्छ । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ साल सुरु भएको सङ्केत गर्दछ । प्राचीन तमु प्यो शास्त्र अनुसार तमु ल्होसारको दिनममा तमुहरूका प्रथम महापुरुषको उत्त्पती भएको मानिन्छ ।
विशेषगरी पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो हुने र त्यसपछिका दिन क्रमश: लम्बिँदै जाने भएकाले यो पर्वलाई अन्धकारमाथि उज्यालोको विजयको प्रतीकका रूपमा व्याख्या गरिन्छ ।
































