७ श्रावण २०८३, बिहिबार

काठमाडौंसहित देशभर चिसो बढ्याे, तराईमा बाक्लाे हुस्सु, केही स्थानमा वर्षा र हिमपातकाे सम्भावना



काठमाडौं । आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो १६ देखि १८ डिग्री सेल्सियसको बीचमा रहनेछ ।

देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना छ । केही प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान र दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।


प्रतिक्रिया दिनुहोस्