ग्लोबल पीस इन्डेक्स २०२५: यी हुन् अशान्त विश्वमा शिर्ष १० शान्त र सूरक्षित राष्ट्रहरु, पाँचौँ स्थानमा सिङ्गापुर - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

ग्लोबल पीस इन्डेक्स २०२५: यी हुन् अशान्त विश्वमा शिर्ष १० शान्त र सूरक्षित राष्ट्रहरु, पाँचौँ स्थानमा सिङ्गापुर



काठमाडौं । विश्वमा शान्ति र सूरक्ष महशुस गर्नु दुलर्भ चिज भइसको वर्ष बन्यो अंग्रेजी वर्ष सन् २०२५ । विश्वभर युद्ध बढेका छन्, सीमा सुरक्षा कडा भएका छन् र विभिन्न देशहरुबीच व्यापार तनाव पनि लगातार बढिरहेको छ।

ग्लोबल पिस इन्डेक्स (जीपीआई) अनुसार, राज्य आधारित द्वन्द्वहरूको संख्या दोस्रो विश्वयुद्धपछिको सबैभन्दा उच्च स्तरमा पुगेको छ, र यस वर्ष मात्र तीन नयाँ द्वन्द्व सुरु भएका छन्। धेरै देशहरुले सैनिक बल बढाएर जवाफ दिइरहेका छन्।

तर यी तनावपूर्ण तथ्याङ्कबीच केही देशले शान्तिलाई प्राथमिकता दिएका छन्। जीपीआई ले २३ वटा सूचकांकहरू प्रयोग गरेर देशहरूको शान्ति मूल्याङ्कन गर्छ, जसमा बाह्य द्वन्द्व, सैनिक खर्च, आतंकवाद, हत्या दर र सुरक्षा उपायहरू समावेश छन्।

पछिल्लो करिब दुई दशकदेखि केही देशहरू शान्ति र सूरक्षाको शीर्ष स्थानमा लगातार रहेका छन् । आउनुहोस बुझौँ ती देशका नीति र संस्कृतिले नागरिकको दैनिक जीवनमा कसरी शान्ति र सुरक्षा दिन्छ ?

१. आइसल्याण्ड

२०२५ मा पनि आइसल्याण्ड विश्वको सबैभन्दा शान्त राष्ट्रको स्थानमा छ। २००८ देखि शीर्ष स्थानमा रहेको आइसल्याण्ड विश्वको सबैभन्दा शान्त राष्ट्र हो। सुरक्षा, द्वन्द्व र सैनिकरण तीनै क्षेत्रमा अग्रणी रहेको यो देशले यस वर्ष २ प्रतिशत सुधार गरेको छ।

यसको शान्ति केवल युद्धसँग सम्बन्धित मात्र नभइ दैनिक जीवनमा सुरक्षा, समाजिक न्याय, समानता र समुदायमा भरोसा निर्माण गर्ने कुरामा आधारित छ।

आइसल्याण्डमा अपराध दर अत्यन्तै कम छ। यहाँ हत्या, लुटपाट, हिंसा जस्ता क्राइमहरू दुर्लभ छन्। प्रहरीसँग सामान्यतया बन्दुक हुँदैन, जसले समुदायमा सुरक्षित महसुस गराउँछ।

स्थानीयहरू प्रायः राति एक्लै पनि हिंड्न सक्छन्, बच्चा क्याफे वा पसलको बाहिर सुतिरहन्छन्, र अभिभावकहरू निश्चिन्त भएर आफ्नो काममा लाग्छन्।

आइसल्याण्डमा स्थायी सेनाको कमी छ। यसले देशलाई ठूलो खर्च र द्वन्द्वबाट टाढा राख्छ। बाह्य सुरक्षा आवश्यकताका लागि नेटो सदस्यता भए पनि, आइसल्याण्डले बल प्रयोगमा सीमितता राखेको छ।

आइसल्याण्डको संस्कृति समुदायमा आधारित छ। मानिसहरू एकअर्कालाई विश्वास गर्छन् र सहयोगी छन्। यहाँको लैङ्गिक समानता नीति महिलाहरूलाई सुरक्षित महसुस गराउँछ।

स्थानीयहरू भन्छन्, “सहयोग र सामुदायिक जीवनले असुरक्षा र तनाव कम गर्छ।” बच्चा पढ्न जाने बेलामा, राति एक्लै हिँड्दा वा सार्वजनिक स्थानमा रहेका वस्तुहरू सुरक्षित महसुस गरिन्छ।

आइसल्याण्डमा जीवनशैली र प्राकृतिक वातावरणले पनि शान्ति दिन्छ। यहाँका मानिसहरू गर्मीको पानीका पोखरीमा पौडी खेल्छन्, पर्वत आरोहण गर्छन् र संगीत, कला र साहित्यसँग घुलमिल छन्। यसले मानसिक शान्ति र आत्मिक सन्तुलन प्रदान गर्छ।

२. आयरल्याण्डः संघर्षबाट शान्तितर्फको यात्रा

आयरल्याण्ड २०औँ शताब्दीमा विभिन्न द्वन्द्वको सामना गरेको देश हो। विशेष गरी उत्तर आयरल्याण्डमा धार्मिक र राजनीतिक द्वन्द्व लामो समयसम्म चलेका थिए, जसले देशभित्र सामाजिक असुरक्षा र तनाव सिर्जना गरेको थियो।

तर पछिल्ला दशकहरूमा आयरल्याण्डले शान्ति स्थापना र सामाजिक समावेशीतामा ठूलो ध्यान दिएको छ। यसले सैनिकरण घटाएको छ, द्वन्द्व कम गरेको छ र सामाजिक संरचना बलियो बनाएको छ।

स्थानीय बासिन्दाहरूका अनुसार यहाँको जीवनशैली सामुदायिक सहयोग र मैत्रीपूर्ण व्यवहारमा आधारित छ। स–साना शहर वा ठूला नगर, जहाँ पनि मानिसहरू एकअर्काको ख्याल राख्छन्। यहाँको गहिरो समुदाय भावना र मित्रताले जीवनलाई सहज बनाएको यहाँका नागरिक बताउँछन् । सहयोगि भावनाले सामाजिक असमानता घटाउँने र तनाव कम गर्ने यहाँका नागरिक बताउँछन् ।

आयरल्याण्डले सैन्य तटस्थता अपनाएको छ, जसले द्वन्द्व समाधानका लागि कूटनीति र संवादमा ध्यान दिन सजिलो बनाउँछ।
देशभित्र प्राकृतिक सौन्दर्य, ऐतिहासिक किल्ला र सांस्कृतिक कार्यक्रमहरू सजिलै पहुँचयोग्य छन्। यहाँको जीवनशैली शान्त र आरामदायी छ, जसले मानिसहरूलाई आफ्नो कथाहरू सुनाउन, साथीहरूसँग समय बिताउन र समुदायसँग गहिरो सम्बन्ध कायम गर्न प्रेरित गर्छ।

यसैले आयरल्याण्डको शान्ति केवल हिंसा नभएको अर्थमा मात्र होइन, दैनिक जीवनमा अनुभव हुने सुरक्षा, सन्तुलन र सामुदायिक भरोसा मा पनि आधारित छ।

३. न्यूजिल्याण्डः प्राकृतिक सुरक्षा र सामाजिक भरोसाको देश

२०२५ मा न्यूजिल्याण्ड ग्लोबल पिस इन्डेक्समा दुई स्थान माथि उक्लेर तेस्रो सर्वोच्च शान्त राष्ट्र बनेको छ । यहाँ सुरक्षा, कम द्वन्द्व र आतंकवाद तथा हिंसाका घटनाहरू उल्लेख्य रुपमा घट्दा यो शान्त राष्ट्रहरुको सूचीको तेस्रो स्थानमा पर्न सफल भएको हो ।

यो प्रशान्त महासागरको टापु राष्ट्र भएकाले भौगोलिक रूपमा बाह्य द्वन्द्वबाट अपेक्षाकृत सुरक्षित छ, तर यससँगै यसको आन्तरिक नीति र सामाजिक संरचनाले पनि नागरिकहरूलाई दैनिक जीवनमा सुरक्षा र शान्ति महसुस गराउँछ।

न्यूजिल्याण्डमा कडा बन्दुक कानुनले सुरक्षा अनुभूति दिन्छ। बच्चाहरू स्वतन्त्र रूपमा विद्यालय जान सक्छन्, घरको ढोका खुलेका हुन्छन्, र सडकमा गाडी बिग्रिएमा मानिसहरू मद्दत गर्न तत्पर हुन्छन्।

यहाँ सामान्य रूपमा मानिसहरू एकअर्कामा भरोसा गर्छन्, जसले समुदायमा शान्ति र आत्मविश्वास सिर्जना गर्ने यहाँका नागरिक बताउँछन् । यसरी दैनिक जीवनको अनुभव नै यहाँको शान्ति संस्कृति हो।

न्यूजिल्याण्डका बासिन्दाहरू आफ्नो प्राकृतिक वातावरणसँग पनि गहिरो सम्बन्ध राख्छन्। समुद्र किनारमा हिंड्नु, जंगलमा हिँडाइ गर्नु, वा रातको आकाशमुनि परिवारसँग समय बिताउनु सामान्य जीवनशैलीमा पर्छ। यो प्रकृति र जीवनशैलीको संयोजनले मानिसमा मानसिक शान्ति र आरामको अनुभव दिने उनीहरुको विश्वास छ

त्यसैगरी, सामाजिक संरचना र परिवार केन्द्रित कार्यक्रमहरू पनि यहाँको जीवनशैलीमा महत्वपूर्ण छन्। बच्चादेखि वृद्धसम्मका लागि विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक उत्सवहरू हुन्छन्, जसले समुदायमा आपसी भरोसा र सहकार्य बढाउँछ।

धेरै पर्यटकहरू यहाँको दृश्यावलोकनका लागि आउँछन्, तर वास्तवमा उनीहरूलाई यहाँको सुरक्षा र समुदायसँगको घुलमिल अनुभवले धेरै आकर्षित गर्ने बताउँछन् ।

४. अष्ट्रियाः तटस्थता र आन्तरिक विकासको उदाहरण

सन् २०२५ मा अष्ट्रिया ग्लोबल पिस इन्डेक्समा एक स्थान तल झरे पनि शीर्ष शान्त राष्ट्रको सूचीमा चौथो स्थानमा रहेको छ।

अष्ट्रियाले सैन्य गठबन्धनमा नजोडिने नीति अपनाएको छ, जसले देशलाई बाह्य युद्ध वा द्वन्द्वमा संलग्न हुनबाट बचाउँछ। यस नीति अन्तर्गत देशले आफ्नो स्रोत र ध्यान आन्तरिक विकास, सामाजिक सुरक्षामा सुधार, स्वास्थ्य र शिक्षा प्रणाली बलियो बनाउन केन्द्रित गरेको छ।

सुरक्षा केवल तथ्याङ्क वा आँकडामा सीमित छैन, यो दैनिक जीवनको अनुभव हो। यहाँको स्वास्थ्य सेवा, शिक्षा र सामाजिक सुरक्षा प्रणालीले मानिसहरूमा स्थिरता र विश्वास बढाएको यहाँका स्थानिय बताउँछन् ।

अष्ट्रियाका बासिन्दाहरू घर, सडक र सार्वजनिक स्थानमा सुरक्षित महसुस गर्छन्। यहाँका शहरहरू र गाउँहरू शान्त, सफा र व्यवस्थित छन्, जसले मानिसको मानसिक शान्तिमा पनि ठूलो योगदान पुर्याउँछ। यहाँको जीवनशैली शान्ति र सहजतामा आधारित छ। स्थानीयहरूले राति सडकमा घुम्न, नजिकका नदी किनारमा हिंड्न वा पर्वतीय क्षेत्रको प्राकृतिक सौन्दर्यको आनन्द लिन सक्छन्।

समग्रमा अष्ट्रियाको शान्ति राजनीतिक तटस्थता, सामाजिक सुरक्षा, गुणस्तरीय शिक्षा–स्वास्थ्य सेवा र प्राकृतिक वातावरणसँगको घुलमिल जीवनशैली मार्फत दैनिक जीवनमा अनुभव गरिन्छ। यहाँ बस्नु वा भ्रमण गर्नु भनेको केवल भौतिक सुरक्षा मात्र नभई मानसिक र सामाजिक शान्तिको अनुभव गर्नु हो भन्ने मान्यता पर्यटकहरुको छ ।

५. सिङ्गापुरः एशियाको शान्ति र सुरक्षा नमूना

२०२५ मा सिङ्गापुर शीर्ष १० शान्त राष्ट्रमध्ये एकमात्र एशियाली देश हो। यसले सुरक्षा र कानूनको पालना, सार्वजनिक सुरक्षा र न्यून अपराध दरमा उच्च अंक पाएको छ।

सैनिक खर्च उच्च भए पनि, देशमा द्वन्द्व र हिंसाका घटना अत्यन्त कम छन्। यसको सानो भूगोल, कडा कानून र व्यवस्थित प्रशासनले नागरिक र आगन्तुक दुवैलाई सुरक्षित अनुभव गराउँछ।

सिङ्गापुरमा राति पनि हिंड्दा डर लाग्दैन। यहाँको प्रणालीमा विश्वास र भरोसा छ, जसले शान्त वातावरण सिर्जना गर्छ। यहाँ मानिसहरू एकअर्कामा भरोसा गर्छन् र सार्वजनिक स्थानमा सुरक्षित महसुस गर्छन्। सडक, पार्क, सार्वजनिक यातायात र बजारहरूमा हिंड्दा मानिसले कुनै असुरक्षा अनुभव नगर्ने यहाँका स्थानिय बताउँछन् ।

सिङ्गापुरले सामाजिक नियम र संरचनालाई प्राथमिकता दिएको छ, तर यससँगै केही एलजीबीटी प्लसको अधिकारमा सीमितता पनि छन्। समान–लिङ्ग विवाह अझै कानूनी रूपमा मान्य छैन। तर युवा पुस्ता र सामाजिक आन्दोलनहरूले सामाजिक स्वीकार्यता बढाउन सक्रिय छन्।

त्यसैले, सिङ्गापुरको शान्ति केवल कानुनी सुरक्षा मात्र नभइ, सामाजिक भरोसा, व्यवस्थित प्रशासन र नागरिक–सरकारको सहकार्य मार्फत दैनिक जीवनमा अनुभव गरिन्छ।

६. जापानः शान्ति र संस्कृतिको संयोजन

जापान विश्वका शान्त राष्ट्रहरूको सूचीमा सधैं उच्च स्थानमा रहेको छ। यहाँको शान्ति केवल द्वन्द्वको अभावमा मात्र आधारित छैन, तर सामाजिक संरचना, कानुनी सुरक्षा र सांस्कृतिक मूल्य मार्फत दैनिक जीवनमा अनुभव गरिन्छ।

जापानले अपराध न्यून, प्रशासनिक प्रणाली बलियो र नागरिक जीवन व्यवस्थित बनाएको छ, जसले मानिसलाई शान्त र सुरक्षित महसुस गराउँछ।

यहाँका मानिसहरू सार्वजनिक स्थानमा एकअर्कामा भरोसा गर्छन्। बच्चाहरू स्वतन्त्र रूपमा स्कूल जान सक्छन्, सडकमा हिंड्दा डर लाग्दैन, र सार्वजनिक यातायात तथा पार्कहरूमा सुरक्षा अनुभव हुन्छ।

जापानमा समुदायमा सहकार्य र सामाजिक जिम्मेवारीको भावना बलियो छ। विद्यालय, कामकाजी क्षेत्र र स्थानीय संगठनहरूले नागरिकलाई सहयोग र मार्गदर्शन प्रदान गर्छन्। यसले सामाजिक तनाव घटाउने मात्र होइन, मानिसहरूबीच आपसी भरोसा र मित्रता पनि बढाउँछ। साथै यहाँको स्वच्छ र व्यवस्थित वातावरणले मानसिक शान्ति र सहजता प्रदान गर्छ।

७. स्वीडेनः दीर्घकालीन शान्ति र सामाजिक विश्वासको देश

स्वीडेनले दीर्घकालीन शान्ति, न्याय र समावेशीताको नीति अपनाएको छ। यहाँको सरकारले सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र शिक्षा प्रणालीलाई उच्च प्राथमिकता दिएको छ, जसले नागरिकलाई जीवनभरको स्थिरता र आत्मविश्वास प्रदान गर्छ।

न्यून अपराध दर र कानूनी प्रणालीको प्रभावकारी कार्यान्वयनले यहाँका बासिन्दालाई दैनिक जीवनमा सुरक्षा र शान्ति अनुभव गराउँछ। सरल जीवनशैली, खुला लोकतान्त्रिक प्रणाली र समाजमा भरोसाले मानिसहरूलाई शान्ति प्रदान गर्ने यहाँका स्थानिय बताउँछन् ।

बच्चा–बच्चा विद्यालय स्वतन्त्र रूपमा जान्छन्, सार्वजनिक स्थलमा हिंड्दा डर लाग्दैन, र सार्वजनिक सेवाहरू सजिलै पहुँचयोग्य छन्।

स्वीडेनमा प्राकृतिक सौन्दर्य र वातावरणसँगको घुलमिल पनि जीवनशैलीको महत्वपूर्ण हिस्सा हो। मानिसहरू जंगलमा हिँड्न, ताल किनारमा घुम्न वा सिजन अनुसारको आउटडोर गतिविधिमा भाग लिन मन पराउँछन्। यो प्राकृतिक वातावरणले मानसिक शान्ति, विश्राम र जीवनको गुणस्तर सुधार गर्न सहयोग पु¥याउँछ।

सामाजिक दृष्टिले पनि स्वीडेनमा समावेशिता र समुदायमा भरोसाको संस्कृति बलियो छ। सरकारी नीतिहरू, सामाजिक कार्यक्रमहरू र स्थानीय संगठनहरूले नागरिकलाई सहयोग र मार्गदर्शन दिन्छन्। यसले सामाजिक असमानता घटाउँछ, समुदायमा स्थिरता बढाउँछ र मानिसमा आत्मविश्वास जगाउँछ।

८. डेनमार्कः विश्वास र सहयोगको देश

डेनमार्क विश्वका शान्त राष्ट्रहरूमा सधैं उच्च स्थानमा रहँदै आएको छ। यहाँको शान्ति केवल अपराधको न्यून दरमा मात्र निर्भर छैन, तर सरकारी नीति, सामाजिक संरचना र समुदायमा विश्वास मार्फत दैनिक जीवनमा अनुभव गरिन्छ।

सरकारले शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षा प्रणालीलाई प्राथमिकता दिएको छ, जसले नागरिकहरूमा स्थिरता र भरोसा बढाउँछ। यहाँका मानिसहरू आपसी सहयोगमा विश्वास गर्छन्। बच्चाहरू स्वतन्त्र रूपमा स्कूल जान्छन्, सडकमा हिंड्दा डर लाग्दैन, र मानिसहरूले एकअर्काको मद्दत गर्न तत्पर हुन्छन्, यसले जीवनलाई सरल, सहज र मानसिक रूपमा सुरक्षित बनाउने स्थानिय बताउँछन्।

डेनमार्कमा सामाजिक समावेशिता र समुदायमा सहकार्य बलियो छ। गाउँदेखि शहरसम्मका स्थानीय कार्यक्रम, सामुदायिक गतिविधि र सार्वजनिक सेवाहरूले मानिसलाई समाजसँग जोड्छन्। यसले सामाजिक असमानता घटाउँछ र मानिसमा आपसी भरोसा र जिम्मेवारीको भावना बलियो बनाउँछ।

प्राकृतिक सौन्दर्य र शान्त वातावरणले डेनमार्कमा जीवनको गुणस्तर अझ बढाउँछ। खुला हरियाली, नदी किनार र समुद्री किनारहरूमा समय बिताउँदा मानिस मानसिक रूपमा शान्ति अनुभव गर्छ।

९.फिनल्याण्डः शिक्षा, सुरक्षा र प्राकृतिक सौन्दर्यको संयोजन

फिनल्याण्ड विश्वका शान्त राष्ट्रहरूमा सधैं अग्रस्थानमा रहेको छ। यहाँको शान्ति केवल अपराधको न्यून दरमा मात्र होइन, शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षा प्रणालीमा उच्च प्राथमिकता दिँदा नागरिकले दैनिक जीवनमा स्थिरता र भरोसा अनुभव गर्छन्।

सरकारी नीतिहरूले सबै नागरिकलाई समान अवसर प्रदान गर्छन् र सामाजिक असमानतालाई न्यून गर्छन्।

फिनल्याण्डमा बच्चाहरू स्वतन्त्र रूपमा विद्यालय जाने, सडक र सार्वजनिक स्थानहरू सुरक्षित छन्, भने मानिसहरू एकअर्कामा भरोसा गर्छन्। यसले दैनिक जीवनमा मानसिक शान्ति र सहजता सुनिश्चित गरेको यहाँका स्थानियको विश्वास छ।

यहाँको प्राकृतिक वातावरण पनि जीवनशैलीमा महत्वपूर्ण भूमिका खेल्छ। यहाँको हरियाली, ताल, र जंगलमा समय बिताउँदा मानिसमा मानसिक विश्राम र शान्ति उत्पन्न हुन्छ। सिजन अनुसारको आइस र नाइट–सफारी, आऊटडोर गतिविधि र मौसमी उत्सवले समुदायलाई जोड्छ र सामाजिक सहभागिता बढाउँछ।

सामाजिक दृष्टिले पनि फिनल्याण्डमा समावेशिता र खुला सोचको संस्कार बलियो छ। यहाँको लोकतान्त्रिक संस्कृति, पारदर्शी प्रशासन र सामुदायिक सहकार्यले नागरिकलाई विश्वास र आत्मनिर्भरता दिन्छ।

१०. क्यानाडाः सुरक्षा, विविधता र सहयोगको देश

क्यानाडा विश्वका शान्त राष्ट्रहरूमा ‘टपटेन’ भित्र पर्ने मुलुक हो । क्यानाडा सुरक्षा, विविधता र सामाजिक समावेशीताका लागि चिनिन्छ।

यहाँको शान्ति केवल अपराध न्यून दरमा मात्र निर्भर छैन, तर सुरक्षा, विविधता र सामाजिक समावेशीताको अभ्यास मार्फत दैनिक जीवनमा अनुभव गरिन्छ। सरकारको नीति, प्रभावकारी कानून र सामाजिक सुरक्षा प्रणालीले नागरिकलाई स्थिरता र विश्वास दिन्छ।

क्यानाडामा बच्चाहरू स्वतन्त्र रूपमा विद्यालय जान सक्छन्, सडक र सार्वजनिक स्थानहरू सुरक्षित छन्, र मानिसहरू दैनिक जीवनमा एकअर्कालाई सहयोग गर्न तत्पर हुन्छन्। यसले जीवनलाई सरल, सहज र मानसिक रूपमा सुरक्षित बनाउँने यहाँका बासिन्दा बताउँछन् ।

क्यानाडामा सांस्कृतिक विविधता र समावेशिता पनि जीवनशैलीको महत्वपूर्ण हिस्सा हो। यहाँ विभिन्न जात, धर्म र भाषा भएका मानिसहरू शान्तिपूर्ण सहअस्तित्वमा बस्छन्। समुदायमा सहयोग, सहकार्य र पारस्परिक सम्मानले सामाजिक तनाव घटाउँछ र मानिसमा आत्मविश्वास र भरोसा बढाउँछ।

प्राकृतिक वातावरणले पनि क्यानाडामा जीवनशैलीमा ठूलो भूमिका खेल्छ। विशाल जंगल, ताल, पर्वत र खुला हरियालीमा समय बिताउँदा मानिस मानसिक रूपमा शान्ति अनुभव गर्छ। यसरी क्यानाडाको शान्ति सुरक्षा, सामाजिक समावेशिता, विविधता र प्राकृतिक सौन्दर्यको संयोजन मार्फत दैनिक जीवनमा महसुस हुने अनुभव हो।

(अन्तराष्ट्रिय समाचार एजेन्सीहरूकाे सहयाेगमा)


प्रतिक्रिया दिनुहोस्