उद्योग तथा व्यवसाय भएको ठाउँमा आन्दोलन निषेधित क्षेत्र घोषणा होस् : अध्यक्ष चन्द्र ढकाल  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

उद्योग तथा व्यवसाय भएको ठाउँमा आन्दोलन निषेधित क्षेत्र घोषणा होस् : अध्यक्ष चन्द्र ढकाल 



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्योग तथा व्यवसाय भएको ठाउँमा आन्दोलन निषेधित क्षेत्र घोषणा गर्ने आग्रह गरेका छन् 

उनले महासंघले गरेको शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल भन्ने विषयमा पहुपक्षिय छलफलमा यस्तो बताएका हुन् । ढकालले समृद्धिमा लागि निजी क्षेत्र अझै ओझेलमा परेको बताएका छन् ।

छलफलमा प्रमुख पार्टीका प्राय सबै राजनीतिज्ञहरूको उपथिति भएको ठाउँमा ढकालले निजी क्षेत्र नभएर आय र रोजगारी नुहुने बताएका छन् । 

‘निजी क्षेत्रको सम्मान : समृद्धिको आधार’ भन्ने नाराका साथ महसंघले गरेको छलफलमा स्वागत मन्तव्य दिँदै ढकालले अहिले निजी क्षेत्रले ऋण लिएर काम गर्ने नचाहेका कारणले सरकारको आम्दानी कम भएको बताए । निजी क्षेत्र खुम्चिएको अवस्थामा रोजगारी सिर्जना नहुने उनको भनाई छ । 

उद्योगी व्यवसायीलाई विशेष सुरक्षा र छिटो सेवा दिन समेत ढकाले आग्रह गरे ।

सबै पार्टीको निजी क्षेत्र प्रति साझा धारण हुनुपर्नेमा ढकालले जोड दिएका छन् । उनले सबैले अब साझा एजेन्डा बनाएर जानुपर्नेमा जोड दिएका थिए । 

प्रत्यय आन्दोलनमा निजी क्षेत्र तारो बनेकोमा ढकाले दुख व्यक्ति गरे । अहिले सबैभन्दा धेरै न्यूनतम विन्दुमा निजी क्षेत्रको मनोबल रहेको ढकालले बताए । 

जेन–जी आन्दोलन निजी क्षेत्रको सुझाव सरकारले नमान्दा भएको उनको भनाई थियो । उनले निजी क्षेत्रले जोखिम लिएर लगानी गरेर रोजगारी दिनु अपराध हो भन्दै प्रश्न समेत गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्