आजदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी संवतको वर्ष २०२६ सुरु
काठमाडाैं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष (इस्वी संवत) सुरु भएको छ। सन् २०२५ लाई बिदाइ गर्दै इस्वी संवतको नयाँ वर्ष सन् २०२६ सुरु भएको हाे ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ।
केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ । बुधबार बेलुकीदेखि नै संघीय राजधानी काठमाडौंको ठमेल, बौद्ध, स्वयम्भू, नयाँ सडकलगायत क्षेत्रमा विशेष चहलपहलका साथ न्यु इयर इभ मनाइएकाे छ।













