जीवन बीमामा बागमती प्रदेशको एकलौटी वर्चस्व, कर्णाली सबैभन्दा पछाडि
काठमाडौं । नेपालको जीवन बीमा बजारमा बागमती प्रदेशको हिस्सा सबैभन्दा ठुलो देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२–८३ को ५ महिनाको तथ्यांक अनुसार कुल बीमालेख संख्या र बीमा शुल्क संकलन दुवैमा बागमतीले अन्य ६ वटा प्रदेशलाई निकै पछाडि पारेको छ ।
मंसिर मसान्तसम्म १ करोड ६१ लाख ६७ हजारभन्दा बढी बीमालेख जारी हुँदा बागमती प्रदेशमा मात्रै १ करोड ३ लाख २१ हजारभन्दा बढी बीमालेखहरू जारी भएका छन् ।
बीमा कम्पनीले ७८ अर्ब ७७ करोड ५८ लाख ९७ हजार रुपैयाँ बजारको बीमा शुल्क संकलन हुँदा बागमती प्रदेशमा मात्र ३५ अर्ब १४ करोड ४१ लाख रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन भएको प्राधिकरणको तथ्यांकमा देखिन्छ ।

५ महिनामा पुरै जीवन बीमाको पहुँच सबैभन्दा न्यून देखिएको छ । कर्णालीमा जम्मा ५ लाख ८५ हजार बीमालेख जारी भएका छन् । जुन बागमतीको तुलनामा न्यून हो ।यसको विपरीत भौगोलिक रूपमा विकट मानिएको कर्णाली प्रदेशमा
कोशी र लुम्बिनी प्रदेश बीमा शुल्क संकलनमा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । कोशीले ९ अर्ब ३३ करोड र लुम्बिनीले १२ अर्ब १५ करोड रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।
बीमालेखबाट ८ अर्ब २० लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । प्राधिकारको तथ्यांक अनुसार ५ महिनामा मधेस प्रदेशमा बीमालेख संख्या ६ लाख ९३ हजार भन्दा धेरै रहेको छ । उक्त बीमा लेख तुलनात्मक रूपमा कम भए पनि बीमा शुल्क संकलनमा भने बढी देखिएको छ ।
मधेस प्रदेशमा ५ महिनामा ७ अर्ब ४ करोड रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन भएको छ । गण्डकी प्रदेशमा १० लाख २९ हजार ४१० बीमा पहुँचको दृष्टिकोणले कर्णाली प्रदेश सबैभन्दा कमजोर देखिएको छ । कर्णालीमा बीमालेख संख्या ५ लाख ८५ हजार ४६२ मात्र छ भने बीमा शुल्क संकलन पनि जम्मा २ अर्ब ३९ करोड ५७ लाख २१ हजार रुपैयाँमा खुम्चिएको छ । यो बागमती प्रदेशको तुलनामा करिब १५ गुणा कम व्यवसाय हो ।

कर्णाली अझै न्यून बीमा लेख जारी भएको हिसाबले सुदूरपश्चिम प्रदेश कर्णाली हाराहारीको भए पनि बीमा शुल्क संकलनमा भने कर्णालीलाई पछि पारेको छ । सुदूरपश्चिममा ५ लाख ८७ हजार ६६१ वटा बीमा लेख जारी हुँदा ४ अर्ब ६९ करोड भन्दा बढी बीमा शुल्क गरेको छ ।
ठुला सहर र आर्थिक गतिविधि बागमतीमा केन्द्रित हुनाले बीमाको पहुँच यहाँ बढी देखिएको बीमा क्षेत्रका जानकारहरू बताउँछन् ।













