बुद्ध एयरकाे विमान रनवेबाट चिप्लियाे, ५१ यात्रु सुरक्षित
काठमाडाैँ । बुद्ध एयरकाे विमान शुक्रबार राती झापाकाे चन्द्रगढी एयरपाेर्टमा अवतरणकाे क्रममा केही भाग रनवेबाट बाहिरिएकाे छ ।
शुक्रबार राती काठमाडौंबाट भद्रपुर उडान संख्या 901 जहाज 9N-AMF भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रनवेबाट केही भाग बाहिरिएको बुद्ध एयरले जनाएकाे छ ।
सो जहाजमा ५१ जना यात्रु रहेका थिए । यात्रु एवं चालक दलका सदस्यहरू सबै सुरक्षित रहेका छन् । विमान उद्वरकाे काम भैरहेकाे छ ।
जहाजमा चालक दलका ४ जना सदस्यहरू पनि सकुशल रहेका छन् ।
















