४ आश्विन २०८३, आइतबार

एक वर्षका लागि बैंकिङ प्रणालीबाट २५ अर्ब खिच्दै राष्ट्र बैंक 



काठमाडौं । आज नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ खिच्ने भएको छ । 

बोलकबोल मार्फत २५ अर्ब रुपैयाँ ऋणपत्र जारी हुने गर्ने भएको हो । उक्त निक्षेपको अवधि एक वर्षको हुने राष्ट्र बैंकले जनाएको छ । 

आज आइतबार मध्याह्न २ बजेसम्म अनलाइन बिल्डिङ मार्फत बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । 

उक्त निक्षेपको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुने केन्द्रीय बैंकले जनाएको छ  । बोलकबोल गर्दा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । 

ऋणपत्रको बोलकबोल ब्याजदरमा हुने र बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।  

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने छन् ।