५ महिनामा ६९ अर्ब १३ करोडको सावधिक बीमा व्यवसाय  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

५ महिनामा ६९ अर्ब १३ करोडको सावधिक बीमा व्यवसाय 



काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को ५ महिनामा सावधिक जीवन बीमा बढी भएको देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा सावधिक जीवन बीमाको व्यवसाय अन्य बीमा पोलिसि भन्दा बढी देखिएको छ । 

यस्तो बीमा कुनै निश्चित अवधिसम्मको लागि गरिन्छ र अवधि समाप्त भएपछि स्वयमं बीमितले बीमा गरिएको रकम पाउने गर्छन् । वा बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमितको हकवालालाई बीमाङ्क रकम (बीमा गरिएको रकम) र पाकेको बोनस पाइन्छ । 

जीवन बीमा व्यवसायमा यस्तै खालको बीमा पोलिसि बढी मात्रामा गएको छ । चालु आर्थिक वर्षको ५ महिनामा बालबच्चा, रूपान्तरित, अग्रिम भुक्तानी र सावधिक जीवन बीमा गरेर ६९ अर्ब १३ करोड ४४ लाख ९१ हजार रुपैयाँ बराबरको बीमा व्यवसाय भएको छ । 

चालु आर्थिक वर्षको समीक्षा अवधिमा ४ वटै सावधिक गरेर जम्मा ४३ लाख २३ हजार ८४८ वटा बीमालेख जारी भएको प्राधिकरणले जनाएको छ । 

चालु आर्थिक वर्षको ५ महिनामा मात्र यस्तो पोलिसि ३२ अर्ब ४३ करोड ८९ लाख ७० हजार रुपैयाँ बराबरको २१ लाख ७८ हजार ४७७ वटा बीमालेख जारी भएको छ । 

मंसिर मसान्तसम्ममा पुरै ७८ अर्ब ७७ करोड ५८ लाख ९७ हजार रुपैयाँ बराबरको जीवन बीमा व्यवसाय हुँदा ४१ प्रतिशत व्यवसाय सावधिकबाट मात्र आएको छ । 

समीक्षा अवधिमा पुरै १ करोड ६१ लाख ७६ हजार ८५४ वटा बीमालेख जारी हुँदा १३ प्रतिशत बीमालेख भने सावधिक जीवन बीमाबाट मात्र भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

अग्रिम भुक्तानी, रूपान्तरित र बालबच्चा सम्बन्धी सावधिक जीवन बीमा समेत जोड्ने हो भने यसको हिस्सा अझ ठुलो हुन्छ । 

५ महिनामै अग्रिम भुक्तानी सावधिक जीवन बीमा मात्र १४ अर्ब ८५ करोड १५ लाख २४ हजार रुपैयाँ बराबरको भएको छ । जुन कुल बीमा शुल्कको १९ प्रतिशत हो । समीक्षा अवधिमा यस्तो बीमा ४ लाख ५७ हजार ५४५ वटा बीमालेख जारी भएको छ । जुन कुल बीमालेखको ३ प्रतिशत हो । 

सोही अवधिमा रूपान्तरित सावधिक जीवन बीमा ८ अर्ब ९७ करोड ९९ लाख ७५ हजार रुपैयाँ बराबरको भएको छ । जुन पुरै बीमा व्यवसायको ११ प्रतिशत हो । जम्मा जारी भएको बीमालेखको ४ प्रतिशत हिस्सा रूपान्तरितको सावधिकको हरेको छ । जुन ५ महिनाको अवधिमा ५ लाख ९६ हजार ५०२ वटा बीमालेख जारी भएको छ । 

बीमा व्यवसायको १६ प्रतिशत व्यवसाय बालबच्चा सम्बन्धी सावधिक जीवन बीमाबाट आएको छ । यस्तो बीमा ५ महिनाको अवधिमा १२ अर्ब ८६ करोड ४१ लाख २३ हजार रुपैयाँ बराबरको भएको प्राधिकरणले जनाएको छ । 

बालबच्चाको सावधिक बीमा चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा १० लाख ८१ करोड ३२२ वटा जारी भएको छ । जुन पुरै बीमालेखको ७ प्रतिशत हो । 


प्रतिक्रिया दिनुहोस्