आठ वर्षमा बन्यो नवलपरासीको केरुङ्गे खोलामा पुल - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आठ वर्षमा बन्यो नवलपरासीको केरुङ्गे खोलामा पुल



नवलपरासी । निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गे खोलामा पुल निर्माण भएको छ । विसं २०७५ मा निर्माण सुरु गरिएको उक्त पुल आठ वर्षमा बल्ल बनेको हो ।

एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले २०७७ सालमा पुल निर्माण सक्ने गरी काम अघि बढेको थियो । तर पटक पटक म्याद थप पछि बल्ल अहिले पुलले पूर्णता पाएको कावासोती नगरपालिका–४ का वडाअध्यक्ष नारायणप्रसाद लोहनीले बताए ।

कावासोती नगरपालिका–३ र ४ जोड्ने केरुङ्गे खोलामा पुल निर्माण भएसँगै स्थानीयलाई आवतजावतमा सहजता भएको वडाअध्यक्ष लोहनीले बताए । एक सय ४० मिटर लम्बाइको पुल करिब १० करोड ५० लाख रुपैयाँ लागतमा निर्माण भएको हो ।


प्रतिक्रिया दिनुहोस्