९ श्रावण २०८३, शनिबार

मंसिर मसान्तसम्ममा विदेशी सञ्चिति ३२ खर्ब १ अर्ब ४७ करोड 



काठमाडौं । मंसिर मसान्तमा ३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ कुल विदेशी विनिमय सञ्चिति पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ५ महिनाको स्थितिमा यस्तो देखिएको हो । 

राष्ट्र बैंकका अनुसार असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको विदेशी विनियम सञ्चिति १९.६ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।  

अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १९ अर्ब ५० करोड रुपैयाँ रहेकोमा मंसिर मसान्तमा १३.५ प्रतिशतले वृद्धि भई २२ अर्ब १३ करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकको तथ्यांक छ । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा मंसिर मसान्तमा १८.७ प्रतिशतले वृद्धि भई २८ खर्ब ६६ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेकोमा मंसिर मसान्तमा २७.४ प्रतिशतले वद्धि भई ३ खर्ब ३५ अर्ब रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ । 

मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.२ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्