७ श्रावण २०८३, बिहिबार

माघे सङ्क्रान्तिः काठमाडाैं उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुले बजार भरिभराउ (तस्बिरहरू)



काठमाडौं । माघे सङ्क्रान्ति नजिकिँदै गर्दा काठमाडाैं उपत्यकाका गल्ली र चाेकहरूमा तरूलकाे व्यापार बढेकाे छ।

माघे सङ्क्रान्तिमा विशेषतः तरुल र चाकु खाने चलन छ। काठमाडाैंका व्यापारीहरूले पनि माघे सङ्क्रान्ति अर्थात माघीलाई लक्षित गरेर विभिन्न थरीका तरुल बेच्न थालिसकेका छन् ।

माघे सङ्क्रान्तिका लागि काठमाडौंलगायत देशैभर तरुलको व्यापार भइरहेको छ। काठमाडाैं उपत्यकामा विशेष गरी घर तरुल, वन तरुल, सिमल तरुल, पानी तरुल, हात्तीपाइले, पाताले तरुल, आकाशे तरुल, नेपाली तरुल, रातो तरुललगायत बिक्री वितरण भइरहेका व्यपारीहरू बताउँछन् ।

काठमाडाैंका तरकारी बजारमा धादिङ, नुवाकोट, सिन्धुपाल्चोक र केही तराईबाट तरुल आउने गरेको उनीहरूकाे भनाइ छ।तरुलसँगै माघे संक्रान्तिमा चाकु, पिँडालु, सखरखण्ड पनि खाने चलन छ ।


प्रतिक्रिया दिनुहोस्