चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
काठमाडाैं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। आज बिहान दिल्लीस्थित आफ्नै निवासमा कार्डियाक अरेस्टबाट तामाङको निधन भएको हाे ।
दार्जिलिङका गायक महेश सेवाले पनि प्रशान्तको निधन भएको पुष्टि गरेका छन्।
‘इन्डीयन आइडल’ सिजन–३ का विजेतासमेत रहेका तामाङ नेपालमा निकै लाेकप्रिय छन् । उनले थुप्रै नेपाली नेपाली गीत गाएका छन् भने ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी-२’ लगायत आधा दर्जन बढी फिल्ममा अभिनय समेत गरेका छन् ।













