विशेष महाधिवेशनले चाहे नीति र नेतृत्व परिवर्तन गर्न सक्छ: गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनले चाहे नीति र नेतृत्व परिवर्तन गर्न सक्ने बताएका छन् ।
आइतबार साँझ दोस्रो विशेष महाधिवेशनलाई उद्घाटन गर्दै महामन्त्री गगन थापाले यो सहभागीले चाहे नीति र नेतृत्वको बारेमा छलफल गर्न सक्ने बताएका छन् ।
उनले नेतृत्व चयन छलफलबाट हुने बताए । यो सहभागीलाई नीतिमा छलफल गर्ने अधिकार रहेको बताउँदै भोलीबाट हुने बन्द सत्रले निर्क्योल गर्ने बताए ।
उनले विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर भएको पनि बताए ।













