बुटवलमा हायात प्लेसको शुभारम्भ
बुटवल । पश्चिम नेपालको हस्पिटालिटी क्षेत्रमा एक ऐतिहासिक पाइला सार्दै, हायात प्लेस बुटवल’ले आधिकारिक रूपमा आफ्नो सेवा सुरु गरेको घोषणा गरेको छ । यो बुटवल सहरकै पहिलो अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल हो । यो सुरुवातले बुटवलको बढ्दो आर्थिक र पर्यटकीय महत्त्वलाई उजागर गर्नुका साथै तीव्र विकासको पथमा रहेको यहाँको बजारमा विश्वस्तरीय हस्पिटालिटीको मापदण्ड स्थापित गरेको छ ।
होटलले हालै आफ्नो भव्य ओपनिङ समारोह ‘न्यु इयर्स इभ अन्डर द स्टार्स’ को सफल आयोजनासँगै सहरको सामाजिक र जीवनशैलीमा बलियो छाप छोडिसकेको छ । उक्त कार्यक्रममा प्रतिष्ठित व्यवसायी, सामाजिक व्यक्तित्वहरू र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो, जसले ह्यात प्लेस बुटवलको विश्वस्तरीय कार्यक्रम र अनुभवहरू प्रदान गर्ने क्षमतालाई पुष्टि गरेको छ ।
हायात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नगर भन्छन्, “हाम्रो नयाँ वर्षको कार्यक्रमप्रति देखिएको उत्साहजनक प्रतिक्रियाले बुटवल अब प्रिमियम जीवनशैलीको अनुभव गर्न तयार छ भन्ने स्पष्ट पारेको छ। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु र यहाँको तीव्र औद्योगिक विस्तारले अन्तर्राष्ट्रिय स्तरको आवासको माग ह्वात्तै बढाएको छ। ह्यात प्लेस बुटवलले व्यापारिक यात्री (द्यगकष्लभकक त्चबखभभिचक), पर्यटक र यस क्षेत्रको विस्तारित व्यापारिक इकोसिस्टमलाई सेवा दिँदै त्यही अभावलाई पूरा गर्ने लक्ष्य राखेको छ ।“
पश्चिम नेपालको उदाउँदो आर्थिक र कनेक्टिभिटी हब
महेन्द्र राजमार्ग (एसियन हाइवे) र सिद्धार्थ राजमार्गको संगममा रणनीतिक रूपमा अवस्थित बुटवल, एक ’ट्रान्जिट सहर’ बाट व्यापारिक र औद्योगिक पावरहाउसमा तीव्र रूपमा रूपान्तरण हुँदैछ ।
अन्तर्राष्ट्रिय हवाई सम्पर्क, विस्तारित औद्योगिक क्षेत्र र रणनीतिक राजमार्गको पहुँचका कारण बुटवल व्यापार, पर्यटन र पारवहन जोड्ने पश्चिम नेपालको सबैभन्दा महत्त्वपूर्ण सहर बन्दै गएको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनले सीमापार व्यापार, लगानी र पर्यटनलाई बढावा दिँदै यो गतिलाई थप तीव्र बनाएको छ। लुम्बिनी प्रदेशभरि उद्योग र कलकारखाना विस्तार भएसँगै बुटवल कर्पोरेट गतिविधि र व्यापारिक यात्राको लागि मुख्य केन्द्र बन्दै गएको छ ।
यस रूपान्तरणलाई सहयोग गर्दै हायात प्लेस बुटवलले कर्पोरेट बसाइ, उच्चस्तरीय बैठक, सम्मेलन र नेटवर्किङका लागि सहरकै पहिलो अन्तर्राष्ट्रिय स्तरको गन्तव्य प्रदान गरी यस क्षेत्रको हस्पिटालिटीलाई नयाँ परिभाषा दिएको छ ।
व्यापारिक र मनोरञ्जनका लागि भ्रमण गर्ने दुवै थरीका यात्रीहरूका लागि ह्यात प्लेस बुटवल पश्चिम नेपालको उत्कृष्ट प्रवेशद्वार हो । भगवान बुद्धको जन्मस्थल लुम्बिनीबाट नजिकको दूरीमा रहेको यो होटलले तीर्थयात्री र सांस्कृतिक पर्यटकहरूलाई आफ्नो आध्यात्मिक यात्रापछि विश्राम लिन र तरोताजा हुन एक उत्कृष्ट र परिष्कृत वातावरण प्रदान गर्छ ।
सहरको पहिलो पाँचतारे होटलको रूपमा, ह्यात प्लेस बुटवलले यस क्षेत्रमै पहिले उपलब्ध नभएको विश्वस्तरीय आराम, स्वच्छता र सेवाको नयाँ मापदण्ड स्थापित गरेको छ । अत्याधुनिक आउटडोर स्विमिङ पुल, आधुनिक फिटनेस सेन्टर र विशेष डाइनिङ अनुभवका साथ, यो होटल एक ’लाइफस्टाइल गन्तव्य’ पनि हो, जसले आन्तरिक पर्यटक र स्थानीय बासिन्दाहरूलाई प्रिमियम स्टेकेसन को अनुभव प्रदान गर्छ ।













