सुरक्षागार्डलाई कुटपिट गरी नेपाल एसबीआई बैंकबाट सवा ३ कराेड रूपैयाँ लुटियाे
काठमाडाैं । नेपाल एसबीआई बैंकबाट करिब सवा ३ कराेड रूपैयाँ लुटिएकाे छ। एक नकाबधारी समूहले सिन्धुलीको घ्याङ्लेखमा नेपाल एसबीआई बैंकको ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटेकाे हाे ।
काभ्रेको बनेपाबाट गएको ६ जनाको समूहले मंगलबार साँझ बैंकका सुरक्षागार्डलाई कुटपिट गरेर सेफमा भएको रकम लुटेको प्रहरीले जनाएकाे छ।
रकम लुटेर उक्त समुह फरार भएकाे छ भने प्रहरीले खोजतलास गर्दा नजिकै रहेको जंगलबाट १ करोड ८० हजार १० हजार ५ सय रुपैयाँ बरामद गर्न सफल भएको छ ।
यस्तै प्रहरीले लुटेरा आएको टाटा सुमो र त्यसका चालकलाई समेत नियन्त्रणमा लिएको छ। अरु लुटेराको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।














