९ श्रावण २०८३, शनिबार

माघका लागि पनि घट्यो बैंकहरुको ब्याजदर, कुनमा पैसा राख्दा कति ब्याज पाइन्छ ?



काठमाडौं । माघ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर थप घटाएका छन् । प्रत्ययेक महिना ब्याजदर घटाइरहेका बैंकहरूले तरलता फालाफाल हुँदा माघका लागि पनि घटाएर नयाँ ब्याजदर लागु गरेका हुन् ।

पुस महिनामा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेप तर्फ औसत ४.८३४ प्रतिशत ब्याज प्रदान गरेका थिए । तर, माघ महिनाका लागि भने ०.१४९५ प्रतिशतविन्दु घटाएका छन् । माघमा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा औसत ४.६८४५ प्रतिशत ब्याज प्रदान गर्ने भएका छन् ।

आज ११ बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १ बैंकले बढाएकाे छ। बाँकीले स्थिर राखेका छन्, अर्थात् पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

माघ महिनाका लागि ब्याजदर बढाउनेमा प्राइम कमर्सियल बैंक रहेकाे छ । माघका लागि बैंकले ०.१५ प्रतिशत ब्याजदर बढाएर व्यक्तिगत मुद्दति तर्फ ४.४ प्रतिशत र संस्थागत तर्फ २.७५ प्रतिशत पुर्याएकाे छ।

यी हुन् ब्याजदर घटाएका बैंकहरु, कसले कति तोके ?

हिमालयन बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स इन्टरनेश्नल बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले माघ महिनाका लागि मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् ।

व्यक्तिगत निक्षेप तर्फ हिमालयन बैंक र माछापुच्छ्रे बैंकले समान ०.५ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन्। माघमा यी दुई बैंकले क्रमशः ५ प्रतिशत र ४.५ प्रतिशत ब्याज दिने भएका छन् । यी बैंकहरुले संस्थागत तर्फ भने क्रमशः ४ प्रतिशत र ३ प्रतिशत दिएका छन् ।

यस्तै, सानिमा बैंकले माघ महिनामा व्यक्तिगत मुद्दति तर्फ ४.५५ प्रतिशत र संस्थागत तर्फ ३.३ प्रतिशत, सिद्धार्थ बैंकले व्यक्तिगत तर्फ ४.५५ प्रतिशत, र संस्थागतमा २.७५ प्रतिशत, लक्ष्मी सनराइजले व्यक्तिगत ४.५ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत, सिटिजन्स इन्टरनेश्नल बैंकले व्यक्तिगतमा ४.५ प्रतिशत र संस्थागतमा ३ प्रतिशत ब्याज दिने भएका छन् ।

यस्तै कुमारी बैंकले व्यक्तिगत मुद्दति तर्फ ४.४३ प्रतिशत र संस्थागत तर्फ ३.५ प्रतिशत, एभरेष्ट बैंकले व्यक्तिगत तर्फ ४.४ प्रतिशत, ३.५, कृषि विकास बैंकले व्यक्तिगततर्फ ४.४ प्रतिशत र संस्थागत तर्फ ७.७५ प्रतिशत, नेपाल एसबिआई बैंकले व्यक्तिगततर्फ ४.४ प्रतिशत र संस्थागत तर्फ २.८ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ४.३६ प्रतिशत र संस्थागत तर्फ २.७५ प्रतिशत ब्याज प्रदान गर्ने भएका हुन् ।

InterestRate ofCommercialBanks for Magh2082
S.No.Commercial BanksMax. InterestRate as of PoushMax. InterestRate as of MaghDifference
IndividualInstitutionalIndividualInstitutionalIndividualInstitutional
1Global IME Bank5.53.755.53.7500
2Nepal Bank5.13.255.13.2500
3Himalayan Bank5.54.2554-0.5-0.25
4Rastriya Banijya Bank545400
5NIC Asia Bank545400
6Nepal Investment Mega Bank545400
7NMB Bank545400
8Siddhartha Bank544.553.75-0.45-0.25
9Sanima Bank4.753.34.553.3-0.20
10Prabhu Bank4.552.754.552.7500
11Nabil Bank4.553.554.553.5500
12Laxmi Sunrise Bank4.753.54.53.25-0.25-0.25
13Machhapuchchhre Bank534.53-0.50
14Citizens Bank International4.7534.53-0.250
15Kumari Bank4.533.54.433.5-0.10
16Everest Bank4.7544.43.5-0.35-0.5
17Agriculture Development Bank4.552.754.42.75-0.150
18Nepal SBI Bank4.552.84.42.8-0.150
19Prime Commercial Bank4.252.754.42.750.150
20Standard Chartered Bank4.62.754.362.75-0.240
Average4.8343.4454.68453.3825-0.1495-0.0625


प्रतिक्रिया दिनुहोस्