झुक्याएर हस्ताक्षर गरेकोभन्दा झण्डै ९ सय प्रतिनिधिले गरे हस्ताक्षर फिर्ता, देउवा पक्षले आयोगमा बुझायो कागजात - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

झुक्याएर हस्ताक्षर गरेकोभन्दा झण्डै ९ सय प्रतिनिधिले गरे हस्ताक्षर फिर्ता, देउवा पक्षले आयोगमा बुझायो कागजात



काठमाडौं । आफूहरुलाई ‘पुरा कुरा नभनिकन’ झुक्याएर हस्ताक्षर गराएको भन्दै नेपाली कांग्रेसका झण्डै ९ सय जना महाधिवेश प्रतिनिधिहरूले हस्ताक्षर फिर्ता गरेको कागजात नियामकसमेत रहेको निर्वाचन आयोगमा पुगेको छ ।

विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको भनिएका महाधिवेशन प्रतिनिधीहरुको उक्त अपिलसहितको कागजात शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको हो ।

भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा केन्द्रीय कार्यसमिति गठन भएको दुई दिनपछि यस्तो निवेदन आयोग पुगेको हो । कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले ८८५ जना प्रतिनिधिहरूको हस्ताक्षर फिर्ताको प्रमाण आयोगमा बुझाएको दाबी गरेको छ ।

गगन थापा स्वयम् आयोगमै पुगेर नेपाली कांग्रेसले आधिकारिताको दाबी गरी पत्र बुझाएको भोलिपल्ट कार्यवाहक सभापति खड्का पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यसँगै भ्रातृ संगठनहरूसहितको दलबलका साथ आयोग पुगेका थिए ।

उता कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसको आधिकारिकता विवादको सन्दर्भमा आयोगले विधिसम्मत निर्णय दिने बताएका छन् ।

उनले आफूहरु विस्तारमा नियम, कानून र विधीको जाँच गर्न तथा विधिसम्मत निर्णय दिन तत्पर रहेको बताएका हुन् ।


प्रतिक्रिया दिनुहोस्