मेयर बालेनले दिए राजीनामा (पत्रसहित)
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राजीनामा दिएका छन् । उनले उप मेयर सुनिता डङ्गोललाई राजीनामा दिएका हुन् ।
महानगरको कार्यबाहक प्रमुखको जिम्मेवारी डंगोलले पाएकी छिन् । शाहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वत: कार्यबाहकको जिम्मेवारी पाएकी हुन् ।
योसँगै बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी कार्यालयमा उपतिथि भइसकेका छन् । उनी आगामी फागुन २१ मा हुने निर्वाचनमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट उम्मेदवार हुने चर्चा रहेको छ ।
बालेनलाई रास्वपाले आगामी प्रधानमन्त्री उम्मेदवार घोषणा गरेको छ । भोली बालेन जनपुरमा गएर राजीनामा दिएपछि पहिलो रास्वपाको नेताको रूपमा सम्बोधन गर्दै छन् । उनाई रास्वपाले पार्टी सभापति रबी लामिछाने पछि दोस्रो वर्गीयताको नेताको रूपमा राखेको छ । बालेनका लागि रास्वपाले घण्टी घरमा कार्यालय समेत बनाएको छ ।














